coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारत र कुवेतबाट आएका थिए दोलखाका संक्रमित

दोलखामा दुई जना कोरोना संक्रमित भेटिएका छन्। जिल्लाको गौरीशंकर गाउँ पालिका वडा नं ५ सुरी स्थित हलेश्वर माविमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका एक महिला र अर्का एक पुरुषमा संक्रमण देखिएको हो। क्वारेन्टाइनमा बसेका २५ जना मध्ये एक साता अघि ७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि राजधानी पठाईएकोमा दुई जना संक्रमित भेटिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त रेग्मीले जानकारी दिए।  

संक्रमित मध्येका पुरुष भारतको सिक्किम र महिला कुवेतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। गौरीशंकर गाउँपालिका ५ सुरीका वडाध्यक्ष डिल्लीध्वज बस्नेतका अनुसार असार पहिलो साता काठमाडौं ओर्लिएकी ३५ बर्षिया ती महिला ७ गते गाउँपालिकाको एम्बुलेन्सबाट सुरी आईपुगेकी थिईन्। सुरी गाउँकै उनी गाउँ आए लगत्तैदेखि क्वारेन्टाइनमा थिईन्। बस्नेतका अनुसार ती महिलासंगै नजिकैको छिमेकी गाउँ खारेकी महिला समेत कुवेत बाटै उनको साथमा घर फर्केर सोही क्वारेन्टाइनमा बस्दै आएकी थिईन्। यस्तै सोही क्वारेन्टाइनमा रहेका संक्रमित अर्का ४७ बर्षिया पुरुष असार ४ गते भारतको सिक्किमबाट गाउँ आएर क्वारेन्टाइनमा बसेका थिए।  

ती पुरुषसंग सोही गाउँ र वरपरका १९ जना सिक्किमबाट सोही दिन गाउँ आईपुगेका थिए। उनिहरु मध्ये ७ जनाको नमुना परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको स्थानीय अधिकारीहरुले बताएका छन्। संक्रमित पुरुष संग आएका १९ जना र संक्रमित महिला संग आएका दुई जना बाहेक त्यस अघि उक्त क्वारेन्टाइनमा ४ जना रहेका थिए।  ।

 

प्रकाशित: १४ असार २०७७ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App