१६ चैत्र २०८० शुक्रबार
समाज

सर्लाहीको लालबन्दीमा सयौं सलह, बालीनालीमा छ्याप्छ्याप्ती

फाइल तस्बिर : सलह कीरा

सर्लाहीको लालबन्दीमा हजारौंको संख्यामा सलह कीरा देखिएका छन् । लालबन्दी नगरपालिका–२ को तेलबाली अनुसन्धान केन्द्रको फर्ममा झन्डै हजारको हाराहारीमा सलह  भित्रिएको जिल्ला कृषि ज्ञान केन्द्र (मलंगवा) का निमित्त प्रमुख देवानन्द राय यादवले जानकारी दिए ।  

तेलबाली अनुसन्धान कार्यक्रममा लगाइएका विभिन्न बालीमा सलह कीरा देखिएका हुन् । ‘आज बिहान फिल्ड भिजिट गर्ने क्रममा बदाम, घैँचा, धानको बेर्नालगायतमा सलह कीराले झ्याप्पै छोपेको देखियो,’ तेलबाली अनुसन्धान कार्यक्रमका संयोजक वरिष्ठ वैज्ञानिक डा. विशेश्वरप्रसाद यादवले जानकारी दिए ।  

शुक्रबार राति छिमेकी देश भारतबाट झन्डै  हजार फट्याङ्गराजस्ता देखिने सलह नेपाल प्रवेश गरेको बुझिएको’ उनले बताए । जिल्लाका किसान चिन्तित बनेका छन् ।

फट्याङ्ग्रा वर्गको कीरामा पर्ने सलह अफ्रिकी मुलुकबाट अरेबियन देश हुँदै एसियाका इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । नेपालमै पहिलोपटक शनिबार बिहान सलह कीरा देखिएको  केन्द्रले जनाएको छ ।

सलह कीराले  बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पु¥याउने जानकारले बताएका छन् ।  

विज्ञका अनुसार करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह कीरा एकै दिनमा १५० किलोमिटरभन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पु¥याउने विज्ञले बताएका छन् ।

प्राविधिक टोली खटिएको छ, त्यसको क्षेतिको प्रकृति जातलगायतबारे चाडैँ पत्ता लगाउने उनले बताए ।  सलह कीराको जातको पहिचान र व्यवस्थापनलगायत काममा प्राविधिक टोली परिचालन भएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ सलह नियन्त्रण गर्ने सरकारी तयारी

प्रकाशित: १३ असार २०७७ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App