१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्यालयका शिक्षक/ कर्मचारी नाै महिनादेखि तलब पाएनन्

कास्कीको एक विद्यालयका २२ जना शिक्षक तथा कर्मचारीहरु ८ महिनादेखि तलब विहिनभएका छन्। कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटमा रहेको सिताराम माविका १८ जना शिक्षक तथा ४ जना कर्मचारी ८ महिनादेखि तलब पाउनबाट बञ्चित भएका हुन्। विद्यालयको खातामा प्राचार्य र लेखापालको अनिवार्य हस्ताक्षर हुनुपर्ने प्रावधान रहेको र हाल लेखापाल नहुँदा विद्यालयको खातामा पैसा भएपनि निकाल्न समस्या हुँदा तलब खुवाउन समस्या भएको हो। त्रैमासिक रुपमा तलब लिदै आएका शिक्षक तथा कर्मचारीहरु ९ महिनासम्म तलब विहिन् भएपछि उनीहरु हैरानीमा छन्।

श्रोतका अनुसार गत मंसीरको शुरुमा तत्कालिन लेखापालले राजिनामा दिए। उनले राजिनामा दिएको केहि समयपछि विद्यालय ब्यबस्थापन समितिको म्याद गुज्रियो। त्यसपश्चात कयौंपटक समिति गठन गर्ने प्रयास भएपनि नेकपा र कांग्रेसका स्थानिय नेताहरुबीच कसको अध्यक्षतामा समिति गठन गर्ने र समितिमा कुन पक्षको हाबी हुने भन्ने खिचातानी हुँदा समिति गठन हुन सकेन। करीब १५ दिनअघी गाउँपालिकाका शिक्षा प्रमुखको उपस्थितिमा समिति गठन भएपनि वडाध्यक्ष मनबहादुर गुरुङले सो समितिलाई काम गर्न नदिन ठाडो आदेश दिएपछि समस्या थप जटिल बनेको छ।

शिक्षक तथा कर्मचारीको तलब विद्यालयको खातामा आएपनि झिक्न समस्या हुँदा आफूहरुले तलब नपाएको विद्यालयका शिक्षक बिनोद अधिकारीले जानकारी दिए। विद्यालयमा लेखापाल नियुक्त हुन नसक्दा तलब दिन नसकिएको विद्यालयका प्राचार्य रुद्रप्रसाद सापकोटाले बताए। लेखापाल नियुक्त गर्न विद्यालय ब्यबस्थापन समिति चाहिने तर राजनीतिक खिचातानीका कारण समिति गठनमा ढिलाई हुँदा तलब खुवाउन नसकिएको उनको भनाई छ। गाउँपालिकामा नेकपाको नेतृत्व र वडामा कांग्रेसको नेतृत्व भएको र उनीहरुले समिति गठनमा आ–आफू हाबी हुन खोज्दा समिति गठन हुन नसकेको उनले बताए।

तर शिक्षक तथा कर्मचारीहरु भने प्राचार्य सापकोटाको अकर्मन्यताका कारण तलब नपाएको गुनासो गर्छन्। विद्यालय ब्यबस्थापन समिति गठनमा प्राचार्यले तदारुकता देखाउनु भएन, ‘नाम नबताउने शर्तमा एक शिक्षकले भने,विवादका बीच गठन भएको समितिबाट काम लिनपनि रुची देखाउनु भएन, जसका कारण हामी तलब विहिन् भएका छौं।’

प्रकाशित: १३ असार २०७७ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App