१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा दुई असई र एक प्रहरी निलम्बित

रौतहटमा नेपाल प्रहरीका दुई जना असई र एकजना प्रहरी जवान निलम्बनमा परेका छन्। तीन दिनअघि रौतहटको प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सन्जीप झालाई मध्यरातमा आपत्तिजनक अवस्थामा भेटिएका थिए।  

असई झालाई स्थानीयले घेरा हाली नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको थियो। असई झालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको छ।

यसै गरी गत हप्ता ईशनाथ नगरपालिका वडा नम्बर ३ मा रहेको प्रहरी चौकी औरैयाका इन्चार्ज असई ललित साहलाई कारबाहीको लागि प्रदेश प्रहरी कार्यालयमा बुझाइएको थियो।

भारतबाट हुन्डीको कारोबार गर्नेहरुसित मोटो रकम लिई कम मात्र राजस्व देखाउने गरेको आरोपमा असई साह प्रदेश प्रहरी कार्यालयमा तानिएका थिए। गत हप्ता एक जनासित बरामद भएको आधा रकम असई साह र अर्का एकजना प्रहरी जवान दिनेश हजरा मिलेर पचाउन खोजेका थिए।

यसअघि पनि एक जनाबाट बरामद भएको २१ लाख रुपैयामध्ये ११ लाख मात्र बुझाएको र १० लाख रुपैया आफैँले राखेको असई साहमाथि आरोप रहेको छ। असई साहसँगै जवान हजरा पनि प्रदेश प्रहरी कार्यालयमा अनुसन्धानका क्रममा रहेका थिए। असई साह र जवान हजरालाई पनि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १३ असार २०७७ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App