१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक यूवाको भिरबाट लडेर मृत्यु

म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा अरिङ्गालको गोलो खोज्दै हिडेका एक यूवाको भिरबाट लडेर मृत्यु भएको छ । बेनी नगरपालिका–४ सिंगाका १८ वर्षीय अर्जुन श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको स्थानीय नेत्रराज सुबेदीले बताए । उनका अनुसार अरिङ्गालको गोलो खोज्दै हिडेका श्रेष्ठ सहितका पाँचजनाले एक ठाउँमा पोलो मात्रै भेटेपछि अर्को ठाउँमा जाने क्रममा मृत्यु भएको बताए । 

भिरबाट चिप्लिएर लडेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा पुगेका प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले बताए । ‘टोलीमा गएका अरु सुरक्षित छन्,‘थप अनुसन्धान भइरहेको छ’ शर्माले भने । उनलेअरिङ्गाल खोल्दै हिड्नेमा १० देखि १५ बर्षका चारजना रहेका छन् । पछिल्लो समय भिरपाखोमा जोखिम मोलेर अरिङ्गाल  खोज्दै जाँदा दुर्घटना हुने गरेको छ । म्याग्दीमा जोखिम मोलेर अरिङ्ल पोल्न जाँदा बर्षेनी ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित: १२ असार २०७७ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App