१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसरीमा १० जना कोरोना संक्रमित थपिए

सुनसरी जिल्लामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका अनुसार संक्रमितहरू कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकाको क्वारेन्टिनमा थिए । उनीहरू भारतबाट आएपछि क्वारेन्टिनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन सृर्जना लिंथेपले जानकारी दिइन् । 

उनका अनुसार कोशी गाउँपालिकाको क्वारेन्टिनमा ८ जना र देवानगञ्ज क्वारेन्टिनमा २ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमध्ये ४ जना महिला हुन् भने ६ जना पुरुष छन् । योसँगै सुनसरीमा कुल संक्रमितको संख्या ८५ जना पुगेको छ ।

फोकल पर्सन लिंथेपका अनुसार संक्रमित नौ जना भारतबाट सिधै क्वारेन्टिनमा बस्न आएका हुन् । एक जना घर हुदै क्वारेन्टिनमा आएकोले उनको कन्ट्याक  ट्रेसिङ गर्नुपर्ने भएको छ । ‘देवानगञ्जमा एक महिला र एक पुरुषमा संक्रमण भएको हो, अरु तीन महिला र पाँच जना पुरुषकोशी गाउँपालिकाका हुन्,’ लिंथेपले भनिन् । संक्रमितहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गोठगाउँस्थिन आइसोलेसन सेन्टर र कोशी कोभिड अस्पतालमा पठाउन आवश्यक समन्वय भइरहेको पनि फोकल पर्सन लिंथेपले बताइन् ।

प्रकाशित: १२ असार २०७७ १०:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App