coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोटाङमा विदेशबाट फर्किएका नौ जना क्वारेन्टिनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विभिन्न देशबाट फर्किएका नौ जनालाई क्वोन्टिनमा राखिएको छ । दुवईबाट आएका पाँच जना, साउदी अरबबाट फर्किएका दुई जना, मलेसिया र कुबेतबाट फर्किएका एक/ एक जनालाई क्वारेन्टिनमा राखिएको हो । पिसिआर परिक्षण नगरी आइपुगेका सात जनालाई बिहिबारदेखि र दुई जनालाई शुक्रबारदेखि महादेवस्थानस्थित स्वास्थ्यचौकीको क्वारेन्टिनमा राखिएको हो ।

 विदेशबाट फर्किएपछि सुनसरीको चतरा होल्डिङ एरियाबाट बिहिबार आएका सात जनासँगै उनीहरुलाई गाडीमा ल्याउने चालकलाई पनि १४ दिनका लागि क्वारेन्टिनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए । एक जना भने काठमाडौंबाट नगरपालिका आइपुगेका हुन् । शुक्रबार थप साउदीअरबबाट आएकी एक महिला र दुबईबाट आएका एक जना पुरुषलाई क्वारेन्टिनमा राखिएको सह–संयोजक घिमिरेले बताए ।  

यस्तै, कुबेतबाट आएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी एक महिलालाई नेपाल कम्यूनिष्ट पार्टीको कार्यालयमा बनाइएको क्वारेन्टीनमा राखिएको छ । उनलाई बिहिबारदेखि दिक्तेलको भवनगैरास्थित पार्टी कार्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको नगरपालिकाले जनाएको छ । कुबेतबाट आएकी महिलालाई पार्टी कार्यालयको बैठक हलमा क्वारेन्टिन बनाएर राखिएको नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले बताए ।

 नेकपाले गत चैत ११ गते प्रेस विज्ञाप्ती जारी गर्दै संकटको घडीमा राज्यको हरेक कदममा साथ दिनु राजनैतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टिनहरुमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरेको थियो ।

प्रकाशित: १२ असार २०७७ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App