७ वैशाख २०८१ शुक्रबार
समाज

बेलायतबाट १ सय ४६ जनाको उद्धार

कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन्। उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन्। १ सय ४६ जना नेपाली लन्डनको ग्याटवीक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको नेपाली दुतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए। उनीहरु यूके समय अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा उड्ने पूर्व तालिका भए पनि सुरक्षा जाँचलगायत कागजी प्रकृया पूरा गर्दा केही ढिला भएको छ।  

यात्रुहरुको सहयोगका लागि नेपाली दूतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो। दूतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको थियो। एनआरएन यूकेले नेपाली दूतावाससँगको सहकार्यमा लामो समयदेखि बेलायतमै अड्किएर बस्न बाध्य मेडिकल डक्टरहरु, पारिवारिक भेटघाटमा आएका अभिभावक तथा आफन्तको मृत्य तथा बिरामीजस्ता कारणले नेपाल जानैपर्ने बाध्यतामा परेकालाई पहिलो प्राथमिकताको राखेर नेपाल पठाइएको नेपाली दूतावास लन्डनले जनाएको छ।  ४ महिनासम्म लकडाउनपछि नेपाल जान पाएका सवै यात्रुहरु दंग परेर विमानस्थल पुगेका थिए। नेपाल उड्ने मध्येकै एक यात्री सुभाष दाहालले स्वास्थ्यको कारण नेपाल जानैपर्ने भएकाले एनआरएन यूकेको पहलमा नेपाल जान पाएकोमा खुसी ब्यक्त गरे। उनले एनआरएन यूकेले यसरी अभिभावकको रुपमा रेखदेख, खानपिन र स्वास्थ्य लगायतको सहयोग गरेकोमा प्रशन्नता प्रकट गरे। नेपाल फर्किने यात्रुको व्यवस्थापनको जिम्मा लिएका एनआरएन यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले पहिलो फ्लाइट पठाउन सफल भएकोमा एनआरएनए युके र नेपाली दुतावास लण्डनलाई धन्यवाद दिए। उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दूतावासका प्रवक्ता शरदराज आरण, गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ विमानस्थल पुगेको थियो।

 

प्रकाशित: ११ असार २०७७ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App