८ वैशाख २०८१ शनिबार
समाज

रुपन्देही देवदहकी अंगिराको मुद्दामा थुनछेक बहस सुरु

रुपन्देही देवदहकी १३ वर्षिया बालिका अंगिरा पासीको घटनामा रुपन्देही अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । आरोपित देवदह ११ का २५ वर्षय विरेन्द्र भर, आमा अकाली र ठूलीआमा शितलीको बयान सकिएपछि बुधबारदेखि थुनछेक बहस सुरु भएको हो ।  जबरजस्ती करणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन गर्ने मुद्धा अदालतमा पेश भएको छ ।  

सुरुका दिनमा जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता विष्णुप्रसाद भट्टराइ र काठमाडौंबाट आएका ५ जना अधिवक्ताहरुले थुनछेक बहसमा भाग लिएका थिए । प्रहरीले आईतबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले सोमबार रुपन्देही अदालतमा मुद्धा अभियोजन गरेको जिल्ला न्यायधिवक्ता डम्बर प्रसाद काफ्लेले बताए ।  

बुधबार पीडितका तर्फबाट काठमाडौंबाट आएका बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता त्रिलोकचन्द विश्वास, श्यामकुमार विश्वकर्मा, सुन्दर बहादुर सेमी, शैलैन्द्र हरिजनले थुनछेक बहसमा भाग लिएका थिए । रुकुम पश्चिममा नवराज विकको घटनामा समेत बहसमा सहभागी भएर काठमाडौं फर्कदै गर्दा अधिवक्ताहरुको टोलीले रुपन्देही अदालतमा समेत आएर पीडितको तर्फबाट बहसमा भाग लिएको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।  

अंगिराको मुद्धामा सरकारी वकिल कार्यालयका न्याधिवक्ता काफ्लेसहित सहन्याधिवक्ता विष्णु प्रसाद भट्टराई, डिल्लिराज ज्ञवाली, बिमल पन्थी, कमल कोइराला बहसमा छन् । यसैगरि अधिवक्ता शिव गौडेल सहितका अधिवक्ताहरु पनि बहसमा सहभागी हुने भएका छन् । देवदह ११ का २५ बर्षिय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्रसहित उनका आमा र सानीआमाले जातीय विभेद गरि अंगिरालाई मृत्युको मुखसम्म पुर्‍याएको अनुसन्धानमा फेला पारेको छ ।  

जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरुले १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने कोईला भन्ने २५ वर्षिय विरेन्द्र भरलाई कारवाहीको सट्टा जिम्मा लगाइदिएका थिए । कथित तल्लो जात (दलित) भएकाले घर लैजान नमानेका विरेन्द्र र उनकी आमा अकाली भरले तल्लो जात भन्दै कुटपिट गरेको केहि घन्टामै रोहण्ी नदी किनारमा झुन्डिएको अवस्थामा अंगिराको शव भेटिएको थियो । प्रहरी अनुसन्धानमा बलत्कार, जातीय भेदभाव गरि आत्महत्या गर्ने अवस्थामा पुर्‍याएको देखिएको छ ।

प्रकाशित: १० असार २०७७ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App