१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिगण्डकी प्रसारण लाइनको दाना स्टेशनमा स्थानीले गरे तालाबन्दी

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको सबस्टेशनमामा स्थानीय जनप्रतिनिधि सहितको टोलीले तालाबन्दी गरेका छन्। समुदायको मागलाई पटक–पटक बेवास्ता गरेको भन्दै वडा अध्यक्ष नरसिङ बहादुर पूर्जाको नेतृत्वमा स्थानीय राजनीतिक दल, आमा समूह, यूवा क्लवको टोलीले प्रवेशद्धारमै तालबन्दी गरेको स्थानीय पर्यटन ब्यवसायी इन्द्रसिह शेरचनले जानकारी दिए। उनका अनुसार स्थानीयको मागलाई सम्बोधन गर्न अनुरोध गर्दा समेत बेवास्ता गरिएपछि आन्दोलनमा होमिएको बताए। स्थानीयले सबस्टेशनबाट वडाभित्र २४ घण्टा विजुलीको ब्यवस्था गर्नुपर्ने, क्षमता अनुसार स्थानीयलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने, रुप्से यूवा क्लवको भवन आसपासको क्षेत्रमा तटबन्धन गर्नुपर्ने,  शिक्षा, स्वास्थ्य लगायतका सघसंस्थालाई समेत सहयोग गर्नुपर्ने लगायतका माग सुनुवाई नभएपछि बन्द गरिएको वडा अध्यक्ष पूर्जाको भनाई छ।  

तालबन्दीमा नेकपा, नेपाली कांग्रेसका स्थानीय कमिटीको समेत समर्थन रहेको छ। ‘छलफलका लागि बोलाइएका धेरै बैठकलाई बेवास्ता गरियो,‘जनताको मागलाई पुरा नगरी अव सहमति हुदैन’ नेपाली कांग्रेसका अन्नपूर्ण गाउँपालिका सभापति बेलबहादुर पूर्जाले भने। समुदायको सहकार्यलाई कालिगण्डकी प्रशारण लाइनको टोलीले बेवास्ता गरेको भन्दै अव सहमति विना ताला टोड्ने प्रयास गरिएमा थप आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्। तालाबन्दी गर्न दानाका विभिन्न बस्तीबाट झरीमा समेत झिज्दै आएका थिए। स्थानीयले विगतमा गरिएका आश्वासन समेत पुरा नभएको गुनासो गरेका छन्। म्याग्दी र मुस्तामा निर्माणसम्पन्न भएका थापाखोला र घलेम्दी जलविद्युत आयोजनाको विद्युत् जोडिका छन् भने निर्माणको अन्तिम चरणमा रहेको ४२ मिस्त्री खोला लगायत समेत जोडिने तयारीमा छन्। यसैबीच प्रशारण लाइन अन्तरगत जिल्लाका अन्य क्षेत्रमा समेत चरम असन्तुष्टि रहेको छ।  

 

प्रकाशित: १० असार २०७७ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App