१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ड्राइभिङ स्कुल संघको ६ बुदें ज्ञापनपत्र पेश

कोभिड–१९ले सबै क्षेत्र प्रताडित हुन पुगेको छ। सबै क्षेत्रका व्यवसायीहरुले राहतको लागि सरकारसँग आग्रह गर्दै आएका छन। पोखरास्थित गण्डकी ड्राइभिङ स्कुल संघले पनि विभिन्न ६ बुदें माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत ज्ञापनपत्र बुझाएका छन्।  

६ बुदें मागमा स्कुल संघले बैंक तथा वित्तिय संस्थाहरुको ऋणको व्याज तथा किस्ता भुक्तानीको गर्ने समयसीमा थप गरी चालु पूँजीका लागि शुरुको कर्जाका अधारमा केही ऋण थप गरिदिन नीतिगत निर्णय गरियोस भन्दै माग गरेका छन्। संघका अध्यक्ष उमेश सिकेले ड्राइभिङ स्कुल संघमा व्यवसायीहरुको अर्बौ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै ड्राईभिङ  टे«निङ प्रशिक्षणका प्रयोग भएका विभिन्न किसिमका सवारी साधनहरुको वार्षिक नविकरणमा विलम्ब शुल्क र वार्षिक कर छुट गरिदिनुपर्ने उल्लेख गरे।  

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन बुझाउँदै अध्यक्ष सिकेले सवारी प्रशिक्षक(मजदुर)हरुलाई तत्कालिन उचित पारिश्रमिक दिनसक्ने अवस्था नभएकोले सामाजिक सुरक्षा कोषबाट खर्च गर्ने गरी मजुदरलाई पारिश्रमिक व्यवस्थापन गर्नुपर्ने आवाज उठाएका छन्। टे«निङ सेन्टर भाडामा सञ्चालन गरिएको उल्लेख गर्दै उनले जग्गाधनी वा घरधनीलाई दिनुपर्ने भाडामा केही समय मिनाहा तथा छुट एवं भाडा अवधि स्वत थपिने व्यवस्था मिलाउनुपर्ने माग समावेश गरिएको स्पष्ट पारे।  

‘बैक तथा वित्तिय संस्थाबाट ड्राइभिङ प्रशिक्षण गराउन ऋणमा लिएका सवारी साधनहरुको व्याज तथा किस्ता मिनाह गर्ने व्यवस्था गरियोस।’ ज्ञापन पत्रमा उल्लेख छ। नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार तालिम केन्द्र तत्काल खोल्न वा प्रशिक्षण गर्न नपाउने वा अर्को निर्णय भएमा वा दोस्रो चरणमा सञ्चालन गर्न गर्न पाईने निर्णय भई आएको र ड्राइभिङ टे«निङ सेन्टर कही कतै उल्लेख नभएको अवस्थामा गण्डकी प्रदेश भित्र रहेका ड्राइभिङ व्यवसायीहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै सामाजिक दुरी साथ पिपिई, सेनिटाईजर, मास्क तथा पन्जा लगायतका सुरक्षित हुने पूर्वाधार अवलम्बन गर्दै तत्कालन व्यवसाय सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ। विषम परिस्थितमा व्यवसाय तथा संघमा आवद्ध सम्पूर्ण व्यवसायी, मजदुर र उनीहरुको परिवार सबैलाई थोरै भएपनि राहतहुने महशुस संघले गरेको समेत उल्लेख गरिएको छ।

प्रकाशित: ९ असार २०७७ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App