१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

भरुवा बन्दुक पड्‌किँदा २५ वर्षीय युवकको मृत्यु, भतिज प्रहरी नियन्त्रणमा

ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघु लेकुवामा भरुवा बन्दुकसहित एक व्यक्ति मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार मृत फेला पर्नेमा स्थानीय मिङमा तेञ्जी शेर्पाका अन्दाजी २५/२६ वर्षका फुर्वा रेञ्जु शेर्पा रहेका छन्।

प्रहरीका अनुसार स्थानीय तिलोकसिंह लिम्बूको अलैंची बारीमा भरुवा बन्दुकमा बारुद भर्दै गरेको अवस्थामा अचानक पड्किएपछि उनको घाँटीमा गोली लागेको थियो। 

प्रहरीले फुर्वा रेञ्जीसँगै गएका भतिज सोनाम शेर्पाको प्रारम्भिक जानकारीका आधारमा उक्त तथ्य भेटिएको बताएको छ। प्रहरीले आवश्यक अनुसन्धानका लागि भतिजलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक दीपक लिम्बुको नेतृत्वमा प्रहरी टोली परिचालित भएको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रनाउ गौतमले जानकारी दिएका छन्।

प्रकाशित: ६ पुस २०८२ ०८:१६ आइतबार