१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रियुगामा यसवर्षको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु

प्रधानमन्त्री रोजगार कार्यक्रम (नाला निर्माण) मा सहभागी हुन जम्मा भएका त्रियगा १२ का युवायुवती । तस्विरः महेश्वर

सदरमुकाम त्रियुगा नगरपालिकाले यसवर्षको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को सुरुवात गरेको छ । नगरपालिकाले वडा नं. १२ पुरानो गाईघाटमा बोटेटोल र जनप्रेमी टोलमा १ वटा नाला निर्माण योजनाबाट यो कार्यक्रमको सुरुवात गरेको हो ।  

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बोटेटेलमा ४ सय १० मिटर र जनप्रेमी टोलमा १ सय ७२ मिटर लम्बाईका दुईवटा पक्की नाला योजनाको काम सुरु भएको १२ नं. वडाध्यक्ष जयविक्रम राईले बताए । शुक्रबार दिउँसो नगरपालिकाको ‘प्रधानमन्त्री स्वरोजगार शाखा’द्वारा आयोजित कार्यक्रममा नगरप्रमुख बलदेव चौधरीले कार्यक्रमको शुभारम्भ गरे ।  

शुभारम्भ कार्यक्रममा बोल्दै मेयर चौधरीले देशका धेरै वेरोजगार युवायुवतीलाई आफ्नै गाउँठाउँमा श्रम गरेर रोजगार बनाउने उदेश्यले सरकारले देशभर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चानलमा ल्याएको बताउँदै यसले धेरै बेरोजगार युवायवतिलाई रोजगारी दिदै आएको बताए । गतवर्षदेखि सुरु कार्यक्रमले विदेश पलायन हुन बाध्य युवापुस्तालाई स्वदेशमै रोकेर आप्mनै गाउँघरमा श्रम र पसिना लगानीमार्फत रोजगारी गर्दै जिविकोपार्जन गर्नसक्ने बनाएको मेयर चौधरीले बताए ।  

वडाध्यक्ष राईले आप्mनो वडाको विकास निर्माण कार्यमा बाहिरबाट कामदार ल्याएर पैसा बाहिर पठाउनुभन्दा गाउँघरकै बेरोजगार युवायुवतिलाई काममा लगाएर विकास र रोजगारी एकै ठाउँ केन्द्रित गर्न सकिने भएकाले यो कार्यक्रम फलदायी भएको बताए । वडामा धेरै बेरोजगार युवायुवति स्वतःस्फूर्त काम गर्न पाउने भन्दै उनले लकडाउनले रोजगारी गुमाएर आफु र परिवारलाई भोको बस्न बाध्य बेरोजगारहरुलाई यसले दैनिक ज्यालादारी गर्ने अवसर दिएको बताए ।  

नगरपालिकाकी प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक निशा घलेले वडाको साझेदारीमा नगरपालिकाले सञ्चालनमा ल्याउने १२ नं. का २ वटा नाला निर्माण कार्यमा वडाका ६६ जना श्रमिकले रोजगारी पाउने बताईन् । उनका अनुसार यो कार्यक्रम सञ्चालन गर्नका लागि वर्षको सुरुताका नै वडाले बेरोजगार युवायुवतिको तथ्यांक संकलन गर्ने प्रावधान छ । वडाले छनौट गरेर  सूचिकृत गरेका श्रमिकहरुले मात्र रोजगारीमा सहभागिता जनाउन पाउने नियम रहेको पनि घलेले बताईन् ।  

यो कार्यक्रममा सूचिकृत श्रमिकहरुले दैनिक ८ घण्टा श्रम गर्नुपर्ने नियम छ । त्यसवापत उनीहरुले पाउने ५ सय रुपैंया पारिश्रमिक स्थायी लेखा नं. (पान) अनिवार्य गरी खोलेको बैंक खातामा नगरपालिकाले जम्मा गरिदिने व्यवस्था रहेको पनि संयोजक घलेले बताएकी छिन् ।

प्रकाशित: ६ असार २०७७ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App