coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउन प्रभाव : सुरक्षित बन्दै दशगजा बसोबास

दशगजा क्षेत्रमा अनुगमन गर्दे एसपी विश्वकर्मा सहितको टोली । तस्बिर : निर्मल/नागरिक

भारतीयपक्षले बेलाबेलामा गर्ने बाधा र अवरोध बिच दशगजा क्षेत्रका सीमावर्ती गाउँ अशान्त थिए । राज्य संयन्त्रको पहुँच नहुदाँ भारतीय पक्षको एकतर्फी ढंगले गर्ने व्यवहारले वर्सेनि सीमावासी भारतिय पक्षसँग प्रताडित हुनुपर्ने वाध्यता थियो । भारतीय पक्षले दशगजामा खाल्डो खन्ने, भारतका अपराधीको थलो बन्दा दशगजा असुरक्षित मानिन्थ्यो । यतिखेरको अवस्था फरक छ । जिल्लाको सदरमुकाम गुलरियामा रहेको सशस्त्र प्रहरी बल नेपालको नंम्बर ३१ गण हेडक्वाटरले थप आठ सय जनशक्ती सीमा क्षेत्रमा परिचालित गरेको छ । जसले गर्दा नेपाल भारतको सीमा क्षेत्र २४ औं घण्टा सशस्त्र प्रहरी तैनाथ छ ।  

८२ किलोमिटर खुला सीमानामा सशस्त्र प्रहरी सशक्त रुपमा परिचालन भएसँगै सीमा क्षेत्रका सर्वसाधारणले सुरक्षित महशुस गर्न थालेका छन् । सीमामा २४ औं घण्टा सशस्त्र प्रहरीको पहराले सीमावासी सुरक्षित भएको अनभुती गरेको सीमाबासीले सुनाए ।

‘सीमामा भारतीय पक्षले गर्ने बलमिच्याईमा कमी आएको छ’, सीमावर्ती गाउँका गुलरिया–७ का कमल गोडीयाले भने, ‘सीमावर्तीमा बसेको वर्षो वितिसकेपछि वल्ल शान्तीको आभास भएको हो ।’ मालसमान त कुरै  छोडनुस । भारतबाट नेपालमा मुसो छिर्न सक्दैन भन्दै सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको प्रशंसा गरे ।

यसअघि भारतीय पक्षले एकतर्फी ढंगले प्रस्तुत हुने हुनाले दशगजा अशान्त हुने गरेको उनले सुनाए । ‘हाम्रा प्रहरी पनि त्यहि बाटो हिड्छन्’, उनले भने, ‘केही भए हामी प्रहरीलाई खबर गर्छो, सीमावासीको समस्या आजभोली तत्काल सुनुवाई हुन्छ ।’  

सीमावर्ती गाउँका अग्रज मासुम सिद्धिकि सशस्त्र प्रहरी परिचाालन पछि भारतीय पक्षको दादागिरी क्रमश शेलाउँदै गएको बताउँछन्। ‘यसअघि नेपाली भूमिमा भारतीय पक्षले गस्ती गर्थे, अहिले अवस्था फेरिएको छ,’ उनले अनुभव भने ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीले कडाई गरेको एसपी यादब विश्वकर्माले दाबी गरे । ‘शान्ती सुरक्षाका दृष्टिकोणले दशगजा क्षेत्र संवेदशील मानिन्छ,’ उनले भने, ‘संवेदनशील ठाउँमा हामीले पहुँच बढाएका छौं, त्यसको प्रतिफल सकारात्मक छ ।’ उनका अनुसार पछिल्लो समय ५ वटा ठाउँमा बिओपि स्थापना भएका छन् । लकडाउँन लागू भएदेखि थप आठ सय जनशक्ति सीमा क्षेत्रमा परिचालित छ ।  

कोरोना संक्रमण बिषम परिस्थितिमा स्थानीयको सकारात्मक सहयोग पाएकोे उनको भनाई छ । ‘सीमा पूर्ण रुपमा बन्द छ,’ उनले भने । लागु औषध, अवैध पैठारी र मानववेचविखन नियन्त्रणका लागि भारतीय पक्षको पनि  सहयोग लिइरहेको उनले जानकारी दिए । सशस्त्र प्रहरीलाई स्थानीय तहले समेत सघाइरहेको छ ।  

प्रत्येक तहले सशस्त्र प्रहरीका पोष्ट स्थापना गर्न थालेका छन्। स्थानीय तहले सीमा क्षेत्रमा निर्माण गरिदिने पोष्टमा १५ जना बस्न सक्छन्। स्थानीय तहले सीमाक्षेत्रमा आठ वटा पोेष्ट निर्माण गर्देछ । जसले गर्दा सीमा क्षेत्रमा थप मजबुद बन्ने मधुवनका नगर प्रमुख कृष्ण केसीले बताए । ‘लकडाउन कार्यान्वयन सीमा क्षेत्रमा पूर्ण रुपमा छ,’ उनले भने, ‘हामी पनि खुसी छौ ।’      

सुरक्षा प्रत्याभुति दिलाउन नसकेर आलोचना खेपेको प्रहरीले रणनितिक योजना अख्तियार गरेपछि योजना अनुरुप कार्यप्रगतिमा सफल भएको देखिन्छ । देश बन्दाबन्दी अवस्थामा रहेका बेला अवैध घुस पैठ हुन सक्ने सूचनाको आधारमा थप बलका लागि ‘क्विक रेस्पोन्स टिम’ समेत परिचालित गर्ने प्रबन्ध मिलाएको एसपी विश्वकर्माले जानकारी दिए ।

प्रकाशित: ४ असार २०७७ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App