१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतबाट आएर क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या

अर्घाखाँचीमा क्वारेन्टिनमा बसेका एक व्यक्ति मृत भेटिएका छन। शीतगंगा नगरपालिका –५ जलुेकेको हरिमाविको क्वारेन्टिनमा बसेका अनुमानित ४५ बर्षीय ती पुरुषको शव रुखमा पासो लगाएको अवस्थामा भेटिएका हुन्। ती व्यक्तिले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएपनि अनुसन्धान भइरहेको अर्घाखाँची प्रहरीले जनाएको छ। आज बिहानै उनको शव स्कुल नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।  

उनी २५ दिन अघि भारतबाट फर्केर क्वारेन्टिनमा बसेका थिए । उनीसंग एउटै कोठामा बस्ने अन्य तीन जना साथीहरु सुतेका बेला सो घटना भएको बताइएको छ। ती व्यक्तिको आरडिटि रिर्पोट पोजेटिभ आएपछि उनीसहित अन्यको थ्रोट स्वाब परिक्षणकालागि भैरहवाको प्रयोगशाला पठाइएको नगरपालिकाले जनाएको  छ। स्वाब पठाएको ९ दिन सम्म पनि रिर्पोट नआएपछि क्वारेन्टिनमा बसेका उनीसहित अन्य व्यक्तिहरु समेत तनावमा रहेको बताइएको छ। आरडिटिको रिर्पोट पोजेटिभ आएको र पिसिीआर रिर्पोट नआएकोले मृतकको शव झिक्न नसकिएको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ३ असार २०७७ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App