१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टिनमा दिनहुँ तनाव

फाइल फाेटाे

दैलेखका विभिन्न क्वारेन्टिनमा रहेका कोरोना संक्रमितले थप नगरेको र भएकाहरुको पिसिआर रिपोर्ट आउन ढिलाई भएको भन्दै दैनिक गर्ने आन्दोलनले तनावपूर्ण स्थिति हुने गरेको छ। उनीहरुको चेक जाँच नियमित हुनुपर्ने,  थप परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आउन ढिलाई भएको र क्वारेन्टिन ब्यवस्थापन राम्रो नभएको लगायतका माग राख्दै उनीहरु आन्दोलत हुने गरेका छन्।  

शनिवार नारायण नगरपालिका –१ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा कोरोना संक्रमित र प्रहरीबिच झडप भयो। प्रहरीको लठीचार्जबाट चार कोरोना संक्रमित घाइते भए। थप उपचारको लागि उनीहरुलाई जिल्लास्थित कोभिड क्लिनिक  अस्पतालमा उपचार भइरहेको छ। शनिवार नै आफूहरुलाई अब्यवस्थित रुपमा बसालिएको भन्दै डुगेश्वर गाउँ पालिकाका कोरोना संक्रमित ब्यक्ति दैलेख–सुर्खेत सडकमै आएर आन्दोलन गरे। त्यस्तै आइतवार दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा पनि आफूहरुको फलोअप रिपोर्ट आउन ढिलो भएको र ब्यवस्थापन राम्रो नभएको भन्दै नाराबाजी गरे। प्रहरीले सम्झाई बुझाई गरेर आन्दोलन रोकियो। हप्तादिन अघि दुल्लुनगरपालिकामा पनि क्वारेटिनमा बसेकाहरु बजारभित्र छिरेर पिसिआर रिपोर्ट आउन ढिलाई भएको भन्दै नाराबाजी नै गरे। आठविस नगरपालिकामा कोरोना संक्रमित देखीएका दुई जना गाउँमै बसेपछि स्थानीयहरु नगरपालिका घेराउ समेत गरे। दैलेखमा कोरोना संक्रमितहरु बढेसंगै ब्यवस्थापन राम्रो नभएको तथा उनीहरुको पिसिआर विधिबाट फलोअप रिपोर्ट आउन ढिला गरेको भन्दै दिनहुँ आन्दोलन हुने गरेको छ। आफुहरुको पिसिआर रिपोर्ट त आउँदैन् त्यसमा पनि विद्यालयमा राखेर सुत्नेदेखि खानेसम्म समस्या भएको नारायण नगरपालिकाका एक कोरोना संक्रमित यूवाले बताए।

  परीक्षणमा ढिला हुँदा कोरोना समुदायभित्र जोखिम बढेको आठविस नगरपालिकाका समाजसेवी लोकेश आर्चायले बताए। दैलेखमा सोमवारसम्म ६ सय २९ जना कोरोना संक्रमित संख्या पुगेको छ। जसमा २८ जना निको भएर घर फर्केका छन्। दैलेखमा भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुको २७ दिनसम्म पनि पिसिआर रिपोर्ट आएको छैन्। नेपाल सरकारले १४ दिनसम्म क्यारेटिनमा राख्ने र १९ दिनसम्म कुनै लक्षण नदेखीए होम क्वारेटिनमा बस्ने गरि पठाउने भनेकाले आफुहरुले निर्णय गरेर क्वारेटिनमा रहेकालाई पठाउने तयारी गरिरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। ३ सय ९४ जना कोरोना संक्रमितको फलोअप रिपोर्ट २७ गते पठाए पनि अहिलेसम्म नआएको दैलेखका प्रमुख जिल्ला अधिकारी कटेलले बताए। ‘१९ दिनसम्म पनि विरामी सामान्य भए घर रिपोर्ट नआएपनि घर (होम क्वारेन्टिन) पठाउने तयारी गरेका छौं।’ प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने, परिक्षण रिपोर्ट ढिलाईले क्वारेन्टिनभित्र भारतबाट आएका ब्यक्तिहरु तथा कोरोना संक्रमितहरु प्राय आन्दोलन गरिरहेका छन्।’ 

प्रकाशित: १ असार २०७७ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App