धादिङको नीलकण्ठ नगरपालिका वडा नं १ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार संक्रमण पुष्टि भएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।
यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ८३ पुगेको छ । जिल्लाको नीलकण्ठ नगरपालिकाका ४२ जना, ज्वालामुखी गाउँपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जना, सिद्धलेक गाउँपालिकाका २ जना, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिकाका एक÷एक जना कोरोना संक्रमित छन् । संक्रमित मध्ये ५ जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।
जिल्लामा हालसम्म पाँच सय जनामा पीसीआर परिक्षण गरिएकोमा ३ सय २२ जनाको पोजेटिभ आएको र १ सय १ जनाको रिपोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । दुई सय ७ जना क्वारेन्टिनमा छन् भने ५२ जना आइसोलेसनमा छन् । विदेशबाट आउनेको संख्या एक हजार रहेको प्रजिअ तामाङले बताए ।
प्रकाशित: ३२ जेष्ठ २०७७ १०:५० आइतबार





