१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित गाउँमै

आठविस नगरपालिकामा कोरोना संक्रमण देखिएका दुई जना गाउँमै बसेको पाइएको छ। नगरपालिका र स्वास्थ्यकर्मीको लापरबाहीका कारण उनीहरु गाउँमै परिवारसँग बसेका हुन्।

 जेष्ठ १७ गते भारतको उत्तरागढबाट दुई टोली भएर दैलेख आएका २० जनामध्ये दुई जनामा कोरोना देखिएको हो। आठविस नगरपालिका –६ रोल गाउँका १८ र ३१ वर्षका यूवाहरुमा कोरोना भाइरस देखीएपछि नगरपालिकाको हेलचक्राईका कारण उनीहरु गाउँमै बसेका हुन्। भारतबाट आएसगै स्थानीय हियाधारा आधारभुत विद्यालयमा रहेको क्वारेटिनमा बसेका थिए। क्वारेटिनमा बसेको ९ दिनपछि उनीहरु दुई जनालाई झाडापखाला र ज्वरो देखिएको थियो। 

स्थानीयले खवर गर्दा नगरपालिकाले एम्वुलेन्स पठाएन। क्वारेटिनमा बसेका अन्य ब्यक्तिहरुले कुनै सावधानी नअपनाई स्टेचरमा बोकेर रार्कम कर्णालीमा रहेको स्वास्थ्य संस्थामा लगे। त्यहाँ उनीहरुको आरडिटी गरियो। आरडिटिमा न नेगेटिभ न पोजेटिभ बोर्डर लाईनको रिर्पोट आयो। अनि उनीहरुको स्वाव निकालेर परीक्षणका लागि पठाइयो। उनीहरुलाई बस्दै आएको क्वारेटिनमै फेरि पठाइयो। पुनः दोसो पटक १३ दिनपछि आरडिटी टेस्टमा (जेष्ठ ३० गते) नेगेटिभ आयो। खुसीयालीका साथ दुई जना ३० गते (होम क्वारेटिन)का लागि गाउँ गए। घरपरिवारसंगै बसे। परिवार अन्य गाउँसंग हेलमेल भयो। 

घर पुगेका उनीहरु दुई जनामा शुक्रवार पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि खैलाबैला भएको छ। समुदाय मात्रै होइन क्वारेटिनमा सगै बसेका १८ जना पनि जोखिममा छन्। उनीहरुले नै बोकेर रार्कम लगेका थिए। अहिले त्यही क्वारेटिनमा बसेका १८ वर्षका अर्को एक पुरुषमा ज्वरो र पखला लगेको स्थानीयहरु बताउँछन्। रोल गाउँका स्थानीयहरुले घरपरिवारसंग नजिक भएका छिमेकीहरुलाई पनि पिसिआर टेस्टका लागि माग गरेका छन्।

 पिसिआर परीक्षणमा ढिलाई हुँदा भारतबाट आएकाहरु मात्रै होइन समुदायभित्र समेत कोरोना संक्रमण भित्रभित्र फैलिएको आठविस नगरपालिकाका स्थानीय अगुवा लोकेश आर्चायले बताए। परिवारमार्फत कोरोना समुदायमा पुगेको भन्दै समुदायलाई परीक्षणको दायरामा ल्याउनुपर्ने भन्दै शनिवारदेखि नेपाल विद्यार्थी संघले आठविस नगरपालिकामा धर्ना दिइरहेको छ। दुई जनासंग यस अवधिभर सम्र्पकमा आएकाहरुको खोजी गरी रोल गाउँ नै सिल गर्नुपर्ने श्री हियाधारा आधारभुत विद्यालयका प्रधानाध्यपक केशबहादुर विकले बताए। परीक्षणको दायरा बढाउनका लागि नगरपालिका लागिपरेको आठविस नगरपालिकाका नगर प्रमुख खड्कराज उपाध्यायले बताए।

प्रकाशित: ३२ जेष्ठ २०७७ ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App