१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नयाँ नक्सा संसदबाट पारित भएकोमा उदयपुरमा दिपावली

गाईघाट लोकतान्त्रिक चोकमा दिपावली गर्दै युवा विद्यार्थी । तस्बिरः महेश्वर

भारतले मिचेको भूमि समेटिएको नेपालको नयाँ नक्सासहितको निशान छाप संसदबाट पारित भएको उपलक्ष्यमा उदयपुरमा शुक्रबार साँझ दिपावली गरिएको छ । संविधानमा नयाँ निशान छाप समेट्ने गरी संशोधन गरेको खुसीयालीमा सरकार र दलहरुलाई धन्यबाद दिँदै युवा विद्यार्थीले बिभिन्न ठाउँमा दिपावली गरेका हुन् ।  

सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोक (पिपल चोक) र मुख्य चोकमा जम्मा भएका युवा विद्यार्थीलगायत बिभिन्न पेशा व्यवसायसँग सम्बन्धित समूहले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सासहितको निशान छाप’को तस्विर बनाएर वरिपरि मैनवत्ती प्रज्वलन गरी दिपावली गरेका हुन् ।  

गाईघाटसँगै जलजले, कटारी, बेलटार र बेलका नगरपालिकाको रामपुर बजारलगायत बिभिन्न ठाउँहरुमा पनि स्थानीय युवा विद्यार्थी भेला भएर दिपावली गर्दै खुसी मनाएका छन् । दिपावलीमा स्थानीय अधिकारकर्मी, राजनीतिक दल, पत्रकार, कानुन व्यवसायी, महिला र मजदुरहरुको पनि सहभागिता रहेको थियो । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App