१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

अहिलेसम्म कति जनाको कोरोना परीक्षण गरियो ?

सरकारले बुधबारसम्म पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ जनाको कोरोना परीक्षण भएको छ।

अहिले देशभरी १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन्। आइसोलेसनमा ३ हजार ६ सय ७५ जना रहेका छन्। बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ।

पछिल्लो २४ घण्टमा २ सय ७९ जना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ।

 

प्रकाशित: २८ जेष्ठ २०७७ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App