१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी देवकोटालाई ज्यान मार्ने धम्की

समाचारको विषयलाई लिएर डोल्पास्थित नागरिककर्मी विष्णुप्रसाद देवकोटालाई ज्यान मार्ने धम्की आएको छ । कामै नभएको सडकको रकम निकासा गरेर अनियमितता भएको समाचार प्रकाशित भएपछि कार्की निर्माण सेवाका सञ्चालक दुधसिं कार्कीले नागरिककर्मीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ सुपानीदेखि रंगगाउँसम्मको सडक निर्माणनै नगरी मेयर ओमबहादुर बुढा र वडाध्यक्ष श्रीदल बुढाले ठेकेदारसँगको मिलेमत्तोमा रकम निकासा भएको भन्दै स्थानीयले पत्रकार सम्मेलन गरेका थिए । ‘पत्रकार सम्मेलनमा व्यक्त विचारलाई समाचार बनाएको हुँ, स्थानीयसँगको संझौता अनुसार काम पनि भएको छैन्,’ नागरिककर्मी बुढाले भने, ‘समाचार प्रकाशित भएपछि फोनमार्फत कार्कीले गालीगलौज गर्नुका साथै मारेर फाल्ने धम्की दिए ।’

२०७६ कात्तिक २३ गते वडा नं.–४ का अध्यक्ष श्रीदल बुढाको अध्यक्षतामा प्रदेश सांसद बद्मीक्वारी बोहरा, मेयर ओमबहादुर बुढा, भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र धरला र प्रवेश एण्ड प्रभात निर्माण सेवाका प्रतिनिधि तथा कार्की निर्माण सेवाका सञ्चालक दुधसिं कार्की र स्थानीयबीच सुपानीदेखि गाउँसम्मको ट्रयाक आवश्यकता अनुसार खोल्ने र रंगमा पर्ने माथिमानादेखि ठाँटीसम्मको अप्ठ्यारो चट्टानी खण्डमा ट्रयाक खोल्ने सम्झौता भएको थियो । स्थानीयहरु संझौता अनुसार ठेकेदारले कामै नगरेको र जनप्रतिनिधिसँग मिलेर रकम निकासा गरेको आरोप लगाउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

सम्झौता अनुसार काम नगरेको ठेकेदारलाई रकम निकासा सिफारिस

प्रकाशित: २७ जेष्ठ २०७७ १७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App