६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिनेलाई कारवाही गर्न माग

क्रियाशिल दलित पत्रकार संघ (आड्जोन) ले जातिय छुवाछुत कसूर सजाय ऐन, २०६८ विपरित सामाजिक सञ्जालमा छुवाछुतजन्य अभिव्यक्ति दिने व्यक्तिहरुलाई कारवाही गर्न माग गरेको छ। संघको प्रतिनिधिमण्डलले आइतवार प्रहरी प्रधान कार्यालयको साईबर ब्यूरोमा निवेदन पत्र दिई सामाजिक संञ्जालामा जातीय विभेद तथा छुवातछुतजन्य कुरा लेख्नेलाई कारवाहीको लागि ध्यानाकार्षण गराएको हो।  

विशेषगरि गत जेठ १० गते पश्चिम रुकुममा भएको घटनालाई लिएर केही व्यक्तिहरुले फेसबुक,टिकटि जस्ता सामाजिक सञ्जालनमा दलित आन्दोलनलाई थप उत्तेजित बनाउने तथा छुवाछुतजन्य अभिव्यक्ति दिइरहेको भन्दै आड्जोनको टोलिले सोही बिषयलाई लिएर प्रमाणका नमूनाहरु समेत वुझाएको छ।  

हाल सामाजिक संञ्जालमा जातीय विभेद र छुवाछुतजन्य भाषा प्रयोग गरी लेख्नेहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि आड्जोनले माग गरेको छ।  कथित उपल्लो जातकी प्रेम सम्वन्धको विषयलाई लिएर  पश्चिम रुकुममा गत जेठ १० गते नवराज विकसहित ६ जनाको हत्या गरिएको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न खाले टिका टिप्पणी भइरहेका छन्।

अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको त्यस घटनापछि दलित समुदाय अहिले दोषीलाई कारवाही र पीडितको न्यायका लागि आन्दोलनमा रहेको भन्दै आड्जोनले यस विषयमा आन्दोलनरत पक्ष र राज्यले सावधानी नअपनाएमा घटनाले विकराल रुप लिई जातीय हिंसाको अवस्था उत्पन्न हुनेतर्फ सबैको सचेततापुर्वक ध्यान जानुपर्नेमा जोड दिएको छ।

विद्यमान कानूनको उल्लंन गरी  दलित समुदायलाई अपहेलना तथा उत्तेजित पार्ने खालका अभिव्यक्ति दिइरहेका व्यक्तिहरुलाई कारवाही गर्नको लागि आड्जोनकी अध्यक्ष पवित्रा सुनारले व्युरो समक्ष अनुरोध गरेकी छिन्। व्युरोले घटनाको विषयमा अध्ययन गर्ने जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App