३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जागिरबाट निकालिएपछि कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

अछाम जिल्लाको बयालपाटा अस्पतालका एक कर्मचारीले जागिरबाट निकालिए शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। साफेबगर नगपालिका–६ का २७ वर्षीय शिद्धार्थ आउजीले सोमबार विहान अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका थिए।

अस्पतालले उनीसहित ३४ जना कर्मचारीलाई केही दिनअघि सेवाबाट हटाएको थियो। उनी अस्पतालका सरसफाई कर्मचारी हुन्। ‘अस्पतालमा काम गर्न आएको बेला प्रशासनले हटाइसकेको भन्दै काम नगर्न भन्यो,’ उनीसँगै रहेका अर्का कर्मचारी विशाल पण्डितले भने, ‘लगत्तै आफ्नो शरिरमा आफै पेट्रोलल छर्केर आत्मदाहको प्रयास गरे।’

नजिकै रहेका अस्पतालका कर्मचारीले उनको शरिरमा लागेको आगो निभाएका थिए। आउजीको शरिरको अधिकांस भाग जलेको छ।  

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आत्मदाहको प्रयास गरेका आउजीको थप उपचारका लागि बाँकेको कोहलपुर मेलिकल कलेजमा हेलिकोप्टरमार्फत पठाइएको जानकारी दिए। ‘आउजी सरसफाई कर्मचारीको रुपमा करारमा अस्पतालमा कार्यरत रहेको जानकारी आएको छ,’ प्रजिअ पौडेलले भने, ‘उनीसँगै ३४ जना कर्मचारीहरुलाई निकालिएपछि उनले अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेको पाइयो।’ उनले आत्मदाह प्रयास गरेका आउजीको अधिकांस शरिर जलेको बताए।

‘पहिलो कुरा मानिसको ज्यान जोगाउनु हो, हामी त्यतातिर केन्द्रीत भयौं,’ प्रजिअ पौडेलले भने, ‘अव विस्तृत रुपमा अनुसन्धान सुरु गछौं।’ उनले सुदूरपश्चिम प्रदेश सरकारले खर्च व्यहोर्ने गरेर निजी कम्पनीको हेलिकोप्टर मगाएर थप उपचारका लागि पठाइएको बताए।

 

 

प्रकाशित: २६ जेष्ठ २०७७ १०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App