१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थपिए

जिल्लामा ४ सय ७५ जना संक्रमित

कपिलवस्तुमा कोभिड १९ थप ४४ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार महराजगंज नगरपालिका १५ र यशोधरा गाउपालिमा २९  संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यायलले जनाएको छ । महाराजगन्ज नगरपालिका–९ का १८,२० वर्षिय पुरुष र वाड १० का १६ देखि ४८ वर्षका १३ जना पुरुष छन् । 

यस्तै यशोधरा गाउँपालिका–७ का ८ वर्षीय महिला र १६ देखि ५२ वर्षसम्मका २८ जना पुरुष छन् । भेटिएका सबै संक्रमति भारतबाट ३ साता अघि नेपाल फर्कका हुन्। सबै जना क्वारेन्टिनमा बसेका छन् । 

जिल्लाको यशोधरामा १ सय ३५, महराजगंजमा ६५, मायादेबीमा ५४, शिवराजमा ४८, कृष्णगनरमा ५२ , सुद्धोदनमा २९, कपिलवस्तु नपामा २९, बुद्धुभुमीमा २५ , बिजयनगरमा मा १६, बाण्गंगामा २२ संक्रमित भेटिएका छन । जिल्लामा ३२ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: २३ जेष्ठ २०७७ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App