२१ मंसिर २०८२ आइतबार
image/svg+xml
समाज

२३ वर्षीय युवा अपहरण र शरीर बन्धक आरोपमा जेल चलान

उदयपुर जिल्ला अदालत। तस्बिरः महेश्वर

उदयपुरका एक युवा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा जेल चलान भएका छन्। स्थानीय दुई युवाहरूलाई अपहरणको शैलीमा बन्धक बनाई कुटपिट गरेको आरोपमा फरार त्रियुगा नगरपालिका ११ बगरटोलका २३ वर्षीय उज्वल राई पक्राउ लगत्तै अदालतको आदेशमा कारागार चलान भएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गत भदौ १० गते राति ८ः०० बजे राईसमेतको संलग्नतामा त्रियुगा नगरपालिका १२ शनिमन्दिरका २० वर्षीय सञ्जिव राई र त्रियुगा ११ शिवालय टोलका १८ वर्षीय प्रबिण श्रेष्ठमाथि अपहरणको शैलीमा कुटपिट गरेको थियो।

गाईघाट पिजी चोकस्थित उदयपुर स्केटङ पार्कबाट उनीहरूलाई अपहरणको शैलीमा सोही वडाको बरुवा खोला किनारमा लगि धाकधम्की दिँदै कुटपिट र यातना दिएको पीडिताको उजुरीका आधारमा उनीमाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो। घट्ना लगत्तै फरार भएका राईसहित आरोपीहरूलाई मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको थियो।

पक्राउपछि प्रहरीले उदयपुर जिल्ला अदालतमा राईलाई पेश गरेको थियो। सो सम्बन्धी मुद्दामा अदालतले २०८२ मङ्सिर १६ गते मङ्गलबार प्रारम्भिक फैसलामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश अनुसार राईलाई जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ मंसिर २०८२ १९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App