१९ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

झापाको चन्द्रगढीमा एक घण्टामा २३.४ मिलिमिटर वर्षा

देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान ६ः२६ बजेसम्म पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा झापाको चन्द्रगढीमा मापन भएको छ।

महाशाखाका अनुसार चन्द्रगढीमा पछिल्लो एक घण्टामा २३.४ मिलिमिटर वर्षा भएको हो।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाको अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

प्रकाशित: १९ आश्विन २०८३ ०७:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App