coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँच पत्रकार र उद्यमीलाई तुवाचुङ पुरस्कार

खोटाङबाट प्रकाशित हुँदैआएको तुवाचुङ साप्ताहिकले उद्यम तथा पत्रकारितातर्फ ६ जनालाई तुवाचुङ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । तुवाचुङ साप्ताहिकको सञ्चालक समितिको सोमबार बसेको बैठकले जनही १५ हजार राशीको तुवाचुङ युवा उद्यमी पुरस्कार एक जनालाई र तुवाचुङ पत्रकारिता पुरस्कार पाँच पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो । पत्रिकाका प्रकाशक एबं सम्पादक दिपेन्द्र राईले मंगलबार विज्ञाप्ती जारी गर्दै तुवाचुङ युवा उद्यमी पुरस्कार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका इन्द्र चाम्लिङलाई प्रदान गर्ने जानकारी दिएका छन् ।  

यस्तै, तुवाचुङ पत्रकारिता पुरस्कार दिया मिडिया प्रालिका कार्यकारी निर्देशक दीपक राई, नेपाल टेलिभिजनका संवाददाता रामधन राई, रुपाकोट रेडियोका स्टेसन मेनेजर सूर्य तामाङ, एपीवान टेलिभिजनका संवाददाता चिसाङ शेर्पा र तुवाचुङ साप्ताहिकका प्रबन्ध सम्पादक असल चरित्रलाई प्रदान गर्ने घोषणा गरिएको छ । उद्यमी चाम्लिङ तृष्णा ऋण तथा बचत सहकारी लिमिटेडका अध्यक्ष हुन् । घोषित पुरस्कार पत्रिकाको प्रथम वार्षिकोत्सवको अवसरमा साउन ४ गते हुने कार्यक्रमकाबीचमा प्रदान गरिने प्रकाशक÷सम्पादक राईले बताए ।  

ग्रामीण पत्रकारितालाई मजबुद बनाउने लक्ष्य बोकेर २०७५ साउन ४ बाट प्रकाशन सुरु भएको तुवाचुङ साप्ताहिक आवाजविहीनको आवाज बन्ने नारा लिएर निरन्तर प्रकाशन हुँदै आएको छ । हलेसी तुवाचुङ नगरपालिकालाई क्षेत्र बनाएर प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिकले तुवाचुङ डटकम समेत सञ्चालन गर्दैआएको छ ।  

गत वर्ष नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाई र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई तुवाचुङ पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै, समाजसेवातर्फ समाजसेबी जनकराज राई, खेलकुदतर्फ सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राई र साहित्यतर्फ विक्रम चेतनशील राईलाई तुवाचुङ पुरस्कार प्रदान गरिएको थियो । 

प्रकाशित: २१ जेष्ठ २०७७ ०९:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App