१६ चैत्र २०८० शुक्रबार
समाज

पर्वतमा पाँच जनामा कोरोना संक्रमण

पर्वतमा पहिलो पटक कोरोनाका पाँचजना संक्रमित फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फलेवास नगरपालिकाका दुई र महाशिला गाउँपालिकाका तीनजनामा कोरोना संक्रमण देखिएको हो।  

निर्देशनालयका निर्देशक डा बिनोदबिन्दु शर्माका अनुसार फलेवास घर भई सदरमुकाम कुश्माको क्वारेन्टिनमा रहेका २० र ४० वर्षका दुई तथा महाशिला घर भई कुश्माको क्वारेन्टिनमा बसेका १९,२० र २१ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनीहरु सबैलाई उपचारका लागि जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशक शर्माले बताएका छन्।  

त्यस्तै स्याङजामा थप संक्रमित फेला परेका छन्। स्याङजामा पनि थप पाँचजनामा कोराना देखिएको छ। निर्देशनालयका अनुसार चापाकोट नगरपालिका घर भई नगरपालिकाको क्वारेन्टिनमा रहेका २२,२६,३२ र ४० वर्षका चारजना पुरुष तथा विरुवा गाउँपालिका घर भई गाउँपालिकाकै क्वारेन्टिनमा रहेका २० वर्षका एकजना पुरुष गरि पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

उनीहरु सबैलाई जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भएको पनि निर्देशक शर्माले बताएका छन्। पर्वत र स्याङजामा संक्रमित थपिएसँगै गण्डकीमा कोरोनाका बिरामीको संख्या ३७ पुगेको छ। गण्डकी प्रदेशमा अब कास्की, गोरखा, मनाङ र मुस्ताङमा मात्र संक्रमण देखिन बाँकी छ।  

 

 

प्रकाशित: २० जेष्ठ २०७७ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App