२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रुपन्देहीमा रुकुम घटनाको विरोध प्रदर्शन

मानव अधिकार तथा शान्ति समाजले २५ औं स्थापना दिवस रुकुममा भएको मानवीय नरसंहार विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । रुपन्देही शाखाले रुपन्देहीको सैनामैनामा रुकुम घटनामा संलग्नलाई कारबाहीको माग तथा जातीय भेदभाव अन्त्यको माग गर्दै सडकमा प्रदर्शन गरिएको हो ।  विं.स.२०५३ साल जेड १९ गते यो संस्थाको स्थापना भएको थियो ।

शान्ति समाजसँगै उक्त स्थानमा संयुक्त दलित संघर्ष समिति रुपन्देहीले समेत विरोध प्रदर्शन गरेको थियो । उक्त अवसरमा रुकुम नरसंहारमा संलग्नलाई कारवाही गर, जातीय विभेल कहिलेसम्म ? मानवीयता हराएकै हो ? भन्ने प्लेकार्ड बोकेका दलित तथा गैरदलितहरुले न्यायका निम्ति सरकारको ध्यान आर्कषण गराए ।

विरोधसभालाई सम्बोधन गर्दै पूर्व सांसद विनोद पहाडीले माओवादी जनयुद्धको उदगम स्थलमा जातीयताका नाममा गरिएको गम्भिर अपराध विरुद्ध देशैभरका दलित समुदाय तथा मानवअधिकारकर्मी सडकमा उत्रेको बताए । उनले रुकुमको पहिचान मेट्ने गरि जनप्रतिनिधिको खोल ओढेर जातीय नरसंहार गरेको बताए ।

उनले यस घटनामा संलग्नलाई जोगाउनका लागि संघीय संसदमा चलखेल भएको भन्दै दुस्साहीका विरुद्ध निरन्तर बोल्ने बताए । रुपन्देही देवदहका १३ वर्षीय अंगिरा पासीको बलत्कारपछि हत्या भएको घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनका विरुद्ध महिला नेतृ र संगठनहरु नबोलेकोमा आश्चार्य प्रकट गरे ।

 मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले सामाजिक न्यायका पक्षमा आफूहरु निरन्तर प्रतिबद्ध भएर लागेको बताउँदै रुकुम घटनामा संलग्नलाई कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताए । सामाजिक न्याय, समानता र जातीय विभेदका विरुद्ध संघर्षमा रहेको उनले बताए ।  संविधानले जातीय विभेद उन्मूलन गरिएपनि समाजमा भएका विभेदका घटनाले समाजमा मुख देखाउन लायक नभएको बताए ।

प्रकाशित: १९ जेष्ठ २०७७ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App