१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मादक पदार्थ सेवन गरेर विवाद हुँदा इटहरीमा युवकको हत्या

मादक पदार्थ सेवन गरेर विवाद हुँदा आइतबार राति इटहरी वडा नं. २० तरहरामा एक युवकको हत्या भएको छ। विवाद हुँदा इटहरी वडा नं. २० का २८ वर्षे राजन राईको हत्या भएको हो।  

अत्यधिक मादक पदार्थ सेवन गरेका राई र स्थानीय केही युवाबीच विवाद हुँदा छुरा प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय इटहरीले जनायो। प्रहरीका अनुसार, राजनकै घरमा बसेर अनिल दाहाल र लक्ष्मण गुरुङ्ले पनि  मादक पदार्थ सेवन गरेका थिए। मादक पदार्थ सेवन गरेपछि तीन जनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए। फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो।  

मापसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो। भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए। राजन र खिलानाथबीचको समूहबीच विवाद भएछि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट सिकिस्त राजनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो।  

घटनामा संलग्न युवाको खोजी भइरहेको छ। अहिले सवै फरार छन्। छुरा प्रहारपछि गम्भीर घाईते भएका राजनको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादैँ गर्दा बाटोमै मृत्यु प्रतिष्ठानले पुष्टि गरेको थियो।  

राजन फागुनमा मात्रै युकेबाट आएका थिए।  लकडाउन अवधि सुरु भएको केही हप्तामै युके जाने भिसा थियो। तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए। तरहराका भीम राईका छोरा राजन सहित परिवार नै युकेमा बस्दै अएका थिए।

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App