१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना कहर : फेरि भरिए रोल्पाका क्वारेन्टिन

काठमाडौ ईट्टाभट्टाबाट रोल्पा आएकाहरु । तस्बिर : दिनेश/नागरिक

कोरोना त्रासका कारण घर फर्किनेहरु बढेपछि केहि दिन यता रोल्पाका क्वारेन्टिनहरु फेरि भरिन थालेका छन् । अघिल्लो साता करिब करिब खाली भएका यहाँका क्वारेन्टिनहरुमा देश भित्र र भारतबाट आएकाहरुलाई राख्न थालेपछि पुनः भरिएका हुन् । अघिल्लो महिना काठमाडौ लगायतका ईट्टाभट्टाबाट आएका करिब ८ हजार २ सय ४७ जनालाई घर पठाएका बिभिन्न स्थानीय तहहरुले फेरि नयाँ आएकाहरुलाई क्वारेन्टिनहरुमा राख्न थालेका छन् ।

शुक्रबारसम्म भारतबाट आएका ७ सय ३९ जना र देश भित्रबाट आएका १ हजार ४२ जना गरि जम्मा १ हजार ७ सय ८१ जना अलग अलग बिभिन्न क्वारेन्टिनहरुमा छन् । पछिल्लो समय क्वारेन्टिनका लागि जिल्लामा २ हजार ३ सय ८३ बेड तयार गरिएको छ । अघिल्लो महिना १४ दिन क्वारेन्टिनमा बसेकाहरुलाई कुनै पनि परीक्षण बिना तापक्रम मात्र नापेर घर पठाइएको थियो । जिल्लामा आडिटी किटको अभाव भएपछि त्यसो गरिएको हो ।  

यसपटक भने भारतबाट आएका सबैको आरडिटि परीक्षण गर्ने तयारी भईरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले करिब २२ सय थान आरडिटी किट छ भने भिटिएम १ सय १० थान छ । स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिका अनुसार ‘अहिलेको अवस्थामा भारतबाट आएकाहरुको आरडिटी किट करिब करिब पुग्छ तर हामिलाई भिटिएमको अभाव हुन सक्छ ।’  

क्वारेन्टिनमा बसेकाहरुको आरडिटी परीक्षण र स्वाब संकलन गर्नका लागि आइतबार स्वास्थ्य कार्यालय रोल्पाले १० वटै स्थानीय तहका प्रयोगशाला प्राविधिकलाई तालिम दिने तयारी गरिरहेको छ । अहिले सम्म कोरोना संक्रमणका बिरामी नदेखिएको रोल्पामा जोखिम भने निकै रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । भारतबाट आएकाहरु संग कोराना संक्रमणको दर बढि देखिएपछि उनिहरुलाई कडा रुपमा क्वारेन्टिनमा बस्न भनिएको छ ।  

त्यसैगरि जिल्ला बिपद ब्यवस्थापन समितिको समन्वयमा सदरमुकाम नजिकै रहेको जलजला बहुमुखी क्पाम्पसमा ५० शैयाको आइसोलेसन कक्ष तयार गर्दै छ । स्थानीय तह, नेपाली सेना, प्रहरीको सहभागितामा संक्रमित भेटिएको खण्डमा उनिहरुलाई राख्नका लागि आइसोलेसन तयारी गर्न थालिएको हो । जोखिमका दृष्टीले सम्बेदनशिल रोल्पामा स्थानीय तवरबाट सकेजतिको तयारी गरिएको भए पनि केन्द्र र प्रदेश सरकारले खासै सहयोग नगरेको जनप्रतिनिधिको गुनासो रहेको छ ।

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ १५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App