१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्याको बिरोधमा लकडाउनमै र्‍याली प्रदर्शन

नवराज बिकसहितका युवाको हत्याको बिरोधमा दिक्तेलमा निकालिएको र्‍याली । सोही विषयमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत ज्ञापनपत्र पठाउदै दलित बिकास मञ्चका अध्यक्ष चाहार । तस्बिर : नागरिक

खोटाङका दलित संघसंगठनले जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्याको बिरोधमा र्‍याली प्रदर्शन गरेका छन् । जिल्लाका १० दलित संघसंगठनले प्रेमीका लिन पश्चिम रुकुम गएका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको माग गर्दै दिक्तेलबजारमा शुक्रबार र्‍याली प्रदर्शन गरेका हुन् । लकडाउन भए पनि खोटाङ दलित बिकास मञ्च, खोटाङ दलित उद्यमी सहकारी संस्था, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, दलित अधिकार मञ्च, राष्ट्रिय दलित पत्रकार संघ लगायतका संघसंगठनले र्‍याली प्रदर्शन गरेका हुन् ।  

दलित संघसंगठनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् । खोटाङ दलित बिकास मञ्चका अध्यक्ष मिलन चाहारले प्रमुख जिल्ला अधिकारी शालिगा्राम शर्मा पौडेललाई बुझाएको ज्ञापनपत्रमा रुकुम घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी घटनामा संलग्न जोकोहीलाई कानूनी कठघरामा ल्याउन र कारबाही गर्न माग गरिएको छ ।  

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी सुष्मा मल्लसँग अन्तरजातीय प्रेम सम्वन्ध रहेको र विवाहका लागि लिन जानेक्रममा गत शनिबार चौरजहारी नगरपालिका–८ का वडाअध्यक्षको अगुवाईमा नवराज र उनका साथीहरुमाथि ज्यानै लिनेगरी आक्रमण गरिएको खोटाङ दलित बिकास मञ्चका अध्यक्ष चाहारले बताए । दलित संघसंगठनले योजनाबद्ध ढंगले गरिएको हत्याको निन्दा गर्दै हत्यारालाई कारबाही नगरेसम्म सडकमा आन्दोलन चर्काइ रहने सरकारलाई चेतावनी दिएका छन् ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App