१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषध र अवैध सुर्तिसहित ४ पक्राउ

लकडाउनको समयमा पनि उदयपुरमा लागुऔषध ओसारपसार र अवैध कारोबार गर्ने क्रम जारी रहेको पाइएको छ। यसैक्रममा लागुऔषध र विनापास सुर्ति भित्र्याउने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

लकडाउनले सुनसान अवस्थामा जंगलको चोर बाटो हुँदै लागुऔषध भित्र्याईरहेका २ जना बुधबार विहान पक्राउ परेका छन्। सिराहाबाट गाईघाट आउने त्रियुगा नगरपालिका ५ दमौटी जंगलको चोर बाटो हुँदै लागुऔषध डाईलेक्स बिसी लिएर फर्कदै गरेका त्रियुगा ११ का ३९ वर्षिय सौरभ कार्की र सोही ठाउँका ३२ वर्षिय प्रविश साह पक्राउ परेका हुन्।  

स १० प २१९१ नं. को मोटरसाईलमा सवार उनीहरुको साथबाट ६ बोतल लागूऔषध बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्। एसपी मगरका अनुसार मोटरसाईकलसहित नियन्त्रणमा लिएर उनीहरु दुवैलाई लागुऔषध ऐन अनुसार थप अनुसन्धान अघि बढाइएको छ।  

त्यस्तै मंगलबार राति अन्दाजी १०:३० बजे उदयपुर र सप्तरीको सीमाना त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीको चेकजाँच क्रममा २ बोरा अवैध सुर्तिसहित दुईजना पक्राउ परेका छन्। विना अनुमति (पास) स ४ प ८ प ९७२६ र बा ८० प ८०५३ का २ मोटरसाईकलमा सप्तरीबाट अवैध सुर्ति जिल्ला भित्र्याउँदै गरेका त्रिनपा १२ पुरानो गाईघाटका ३० वर्षीय सुरेन्द्र र सोही ठाउँका ३२ वर्षीय  राकेश साह पक्राउ परेका हुन्।  

उनीहरुलाई पनि सुर्ति र मोटरसाईकलसहित नियन्त्रण्मा लिएर प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य सुरु भएको एसपी मगरले बताए।

 

प्रकाशित: १५ जेष्ठ २०७७ ०४:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App