१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार उनका बाबुलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले १८ वर्षीय युवतीका बाबु मेलम्ची नगरपालिका–११ का एम २  (प्रहरीले दिएको नाम) लाई पक्राउ गरेको हो । एम १ (छोरी) लाई विगत तीन÷चार वर्षदेखि बलात्कार गर्दै आएको आरोप उनीमाथि लागेको छ । युवतीकी आमाको जाहेरीका आधारमा एम २ (बाबु)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।  

युवतीकी ३९ वर्षीय आमाले बुधबारै मेलम्ची प्रहरीमा छोरीलाई करणी गरेको आरोप लगाउँदै श्रीमान विरुद्ध  किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता गर्दै तत्काल बाबुलाई पक्राउ गरेको डिएसपी काफ्लेले बताए । ‘अदातलबाट अनुसन्धानका लागि म्याद लिने प्रक्रिया थालेका छौँ । त्यसपछि बिस्तृत अनुसन्धान हुन्छ,’ उनले भने ।  

पीडितको स्वास्थ्य परीक्षण गरी घरटनाबारे प्रारम्भिक अनुसन्धान भने सुरु गरिसकेको डिएसपी काफ्ले जानकारी दिए ।  

प्रकाशित: १४ जेष्ठ २०७७ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App