२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

वैदेशिक रोजगार विभागमा आज एकै दिन २२ नयाँ मुद्दा दर्ता, ५० गुनासो समाधान

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान र नियमन कार्यलाई तीव्रता दिएको जनाएको छ ।  

विभागको मुद्दा तथा अनुसन्धान शाखा, संस्था अनुगमन शाखा र दर्ता शाखाले गरेका विभिन्न कार्यहरूको विवरण प्राप्त भएको छ ।विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार आज दिउँसो ४ बजेसम्म २२ वटा नयाँ मुद्दा दर्ता भएका छन् ।  

सोही अवधिमा १४ वटा मुद्दामा मिलापत्र गरिएको छ भने ८ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। विभागले १८ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने ३५ जनालाई पक्राउ गर्न अनुमति दिएको छ ।  यसका साथै, बैङ्कलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्र लगायत कुल १२६ वटा पत्रहरू चलानी गरिएको विवरणमा उल्लेख छ ।

संस्था अनुगमन शाखाले आज २ वटा राहदानी वितरण गरेको छ र २ वटा म्यानपावर कम्पनीलाई पत्राचार गरेको छ । प्राप्त ६ वटा उजुरी निवेदनमध्ये ५ वटाको समाधान फोन कलमार्फत गरिएको छ । यस्तै, संस्था दर्ता शाखाले ७ वटा पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पिडिओटी) र २२ वटा म्यानपावर कम्पनीको नवीकरण गरेको छ  ।

गुनासो व्यवस्थापन हेलो सरकार र कल सेन्टरमार्फत प्राप्त गुनासोहरूलाई पनि विभागले प्राथमिकतामा राखेको देखिन्छ । हेलो सरकारबाट प्राप्त २ वटा गुनासोमध्ये १ वटाको समाधान भएको छ भने अर्को अध्ययनको क्रममा रहेको छ । कल सेन्टरमा प्राप्त ५१ वटा गुनासोमध्ये ५० वटाको समाधान भइसकेको र १ वटा प्रक्रियामा रहेको विभागले जनाएको छ ।

प्रकाशित: २६ असार २०८३ १९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App