१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमित फरार

जनकपुरस्थित कोभिड अस्पतालबाट एक जना कोरोना संक्रमित पुरुष फरार भएका छन् । मानसिक सन्तुलन गुमाएका हरिपुर्वा नगरपालिका–३ का ४५ वर्षीय पुरुष आइतबार बिहान करिब ३ बजे अस्पतालबाट फरार भएको प्रहरीले पुष्टि गरेको छ । धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार मानसिक सन्तुलन गुमाएका उनलाई बाहिरबाट ढोकामा चुकुल लगाएर लक गरी राखिएको थियो । 

तर, सबैजना सुतेको अवस्थामा जोडबल गरेर चुकुलको स्क्रु खोलेर उनी फरार भएको बताइएको छ । बिहानैदेखि उनको खोजी भइरहेको प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ । 

गत वैशाख ३१ गते कोरोना संक्रमित पुष्टि भएका उनलाई जेठ १ गते सर्लाहीबाट ल्याएर जनकपुर नर्सिङ क्याम्पसस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । जनकपुरमा क्वारेन्टिनमा राखेर पिसिआर जाँच गर्दा उनलाई संक्रमण भएको पुष्टि भएपछि कोरोना अस्प्तालमा राखिएको थियो ।

प्रकाशित: ११ जेष्ठ २०७७ १९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App