१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतको सीमामै जाँच गर्न माग

कर्णालीमा कोरोना संक्रमित देखिन थालेपछि प्रदेश सरकारले भारतबाट आउने नागरिकको सीमा नाकामै जाँच गरेर मात्र प्रदेश र जिल्लामा पठाउन संघीय सरकारसँग अनुरोध गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले भारतबाट आउने नागरिकका कारण कोरोना संक्रमण फैलिन थालेको निस्कर्ष निकाल्दै सीमामै जाँच गरेर संक्रमण नदेखिएका नागरिकलाई मात्रै सम्बन्धित प्रदेश र जिल्लामा पठाउन संघीय सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले भारतबाट प्रदेशको सीमासम्म आइसकेका नागरिकलाई प्रदेशको प्रवेश बिन्दुमै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकेको छ । ‘भारतबाट आउने व्यक्तिहरू बिनापरीक्षण प्रदेशमा प्रवेश गरेको अवस्थामा प्रवेश बिन्दुमै ¥यापिट टेस्ट र मनोसामाजिक परामर्श प्रदान गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘र्यापिट टेस्टमा संक्रमण देखिएकाहरूलाई सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राखेर पिसिआर परीक्षणको व्यवस्था मिलाइनेछ । 

बैठकले भारतबाट आउने नागरिकको तथ्यांक राख्ने र सम्बन्धित जिल्लासम्मको यातायातको व्यवस्थापन मिलाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी तोकेको छ । प्रदेश सरकारले आवश्यक परेको खण्डमा भारतसँगको सीमाबाटै पनि कर्णालीका नागरिकको उद्दार गर्ने जनाएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७७ १८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App