१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा बाढी, पहिरो र हावाहुरीले ८ लाख बढीको क्षति

हप्तादिन अघि ताप्लेजुङमा आएको बाढी, पहिरो चट्याङ र हावाहुरीले ८ लाख बढी मूल्य बराबरको धनमाल नष्ट गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले संकलन गरेको तथ्याङ्क अनुसार सो बाढी र पहिरोले कूल ३ लाख ८ हजार मूल्य बराबरको क्षति भएको छ ।  

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार सबैभन्दा बढी क्षति फुङ्लिङ नगरपालिका वडा नं ६ स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको छ । त्यहाँ ३ लाख मूल्य बराबर क्षति भएको छ ।  

यस्तै फुनपा वडा नं ६ कै लिला लिम्बूको घरमा क्षति पुग्दा ५० हजार, सोहि ठाउँका साजन लिम्बूको घरमा क्षति पुग्दा ५० हजार र फुनपा वडा नं ५ उकालीपानीका डम्बरहादुर ऐङ्देन लिम्बूको घरमा क्षति पुग्दा ५० हजार मूल्य बराबर हानी भएको छ । प्रहरीका अनुसार फुनपा वडा नं ९ बस्ने सुनिल लिम्बूको १ लाख ६५ हजार तथा सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा सोलार प्यानल तथा ईन्टभर्टरमा क्षति पुगेको छ ।  

बाढीले फुनपा वडा नं ६ का तेजबहादुर राईको घरमा ३० हजार र फुङ्लिङ नगरपालिका वडा नं ४ दोबाटोस्थित डिजाएर फेसन वेयरमा १ लाख ५८ हजार मूल्य बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित: १० जेष्ठ २०७७ ०९:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App