२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

विदेशबाट फर्किन चाहनेको तथ्याङ्क सङ्कलन गर्दै गाउँपालिका

फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली सङ्कलन गर्न शुरु गरेको छ। कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्याङ्क सङ्कलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल आउन चाहने गाउँपालिकाबासीको तथ्याङ्क सङ्कलन गरिएको र अहिलेसम्म ४०० बढीले आवेदन दिइसकेको बताए।

 विदेशबाट फर्किएकालाई युवा स्वरोजगार बैँकमार्फत रोजगारी दिने योजनामा गाउँपालिका रहेको अध्यक्ष सुवेदीले बताए। सुवेदीले भने, वैदेशिक रोजगारीबाट फर्किएका समूहमा काम गर्न चाहने युवाको समूहलाई पाँच लाख रुपैयाँसम्म बिनाधितो ऋण दिन्छौँ । युवालाई गाउँमै राख्न सक्ने अवस्थाको निर्माण नहुँदासम्म देशको विकास सम्भव नभएको बताउँदै जतिसक्दो गाउँघरमै रोजगारी सिर्जना गर्ने अभियानमा गाउँपालिका रहेको सुवेदीले बताए।

 कृषि, पशुपालन र घरेलु उद्योग गर्न चाहने युवाहरुको समूहलाई बिनाधितोमा ब्याज तिर्नु नपर्ने गरी लगानी गरिने सो रकम किस्ताबन्दीमा पाँच वर्षसम्म फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।  

प्रकाशित: १० जेष्ठ २०७७ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App