१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनमा एकैसाता तीनजनाले गरे आत्महत्या

गत साउन महिनामा विवाह गरेकी बेनपा–३ की २१ वर्षीया एक युवतीले घाँस काट्न जंगलमा गएको बेला बिहीबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको अवस्थामा आफ्नै सलले घाटीमा पासो लगाएर झुण्डिइन् । म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको मृत्युले गाउँ नै स्तब्ध छ ।

सोमबार बेनपा–७ मंगलाघाटबाट एक महिलाले म्याग्दी खोलामा हाम फालेर ज्यान फालिन् । कुस्मा नगरपालिका–१ राजाको बगरमा भेएिको महिलाको शव मंगलबार भेटियो । महिलाको शव पोष्टमार्टम गर्न नपाउँदै मंगलबार नै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना २२ वर्षीय युवा घरको दलिनमा डोरीमा बेरिएको अवस्थामा परिवारले भेटाए ।  

एक हप्तामै म्याग्दीमा तीनजनाले आत्महत्या गरेका छन् । म्याग्दीमा डरलाग्दो सामाजिक समस्याको रूपमा देखिएको आत्महत्याको पछिल्लो घटनामा खोलामा हाम फालेकी महिला मानसिक रोगी भए पनि अन्य दुई जनाले आवेगमा आएर मृत्यु रोजेको हुनसक्ने अनुमान गरिएको र पोष्टमार्टम रिर्पोट र थप अनुसन्धान बाँकी रहेको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए । ‘पुराना घटनामा आवेगमा आएर आत्महत्याको बाटो रोजेको देखिन्छ, ‘व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ प्रनाउ कुँवरले भने ।  

पारिवारिक सम्बन्धको दुरी, सानो विवादमा समेत आवेगमा आएर आत्महत्या गर्नेको संख्या अत्याधिक रहेकाले विद्यालय, समुदाय तथा जिल्लास्तरमा समेत आत्महत्या ब्यक्तिगतभन्दा पारिवारिक, समाज र राष्ट्रलाई नै ठूलो नोक्सानी भएको सन्देश सहित आत्महत्या रोक्न सकिने कारणको पहिचान गर्नुपर्ने प्रनाउ कुँवरको भनाइ छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन जारी लकडाउनको अवधिमा एकै हप्तामा घटेको घटना न्यूनीकरण गर्न एकपटक आत्महत्याको प्रयास गरेकालाई निगरानीमा राख्ने, आवश्यक मनोवैज्ञानिक परामर्शसहित समस्याबारे चिकित्सकलाई समेत जानकारी गराउनुपर्नेमा जोड दिइएको छ । गत वर्ष १ विष र २४ झुण्डिएर गरी २५ जनाले आत्महत्या गरेका थिए । चालु आवको जेठ महिनामा १७ जनाले आत्महत्या गरेका छन् ।  

यस हप्तामा आत्महत्या गरेकामध्ये एकजनाले पटकपटक प्रयास गरेको देखिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताए ।ख‘आत्महत्याले समस्या समाधान हुँदैन, थप समस्या निम्त्याउँछ,’ डा. बस्ताकोटीले भने । म्याग्दी जस्तो सानो जिल्लामा एकै हप्तामा तीन आत्महत्याका घटन हुनु चिन्ताको विषय भएकाले आत्महत्या समाधान होईन समस्या हो भन्ने सन्देशलाई फैलाउनुपर्ने बताए । 

तत्कालै आवेगमा आउने एउटा रोगजस्तै भएकाले त्यसलाई नियन्त्रण गर्न सकिने बताउँदै समस्याबारे तत्कालै चिकित्सकसँग परार्मश गर्नुपर्ने डा. बस्ताकोटीको भनाइ छ । एकपटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरि प्रयास गर्ने सम्भावना बढी हुने भएकाले एकपल्ट आत्महत्या टर्यो भनेर परिवारका सदस्यले समान्य रूपमा लिन नहुने चिकित्सकको भनाइ छ । आत्महत्या गर्न खोज्नेलाई सबैभन्दा धेरै मायाँ गर्ने, एक्लो महसुस हुन नदिने, प्रशंसा गर्ने जस्ता कामसमेत गर्नुपर्छमा जोड दिइएको छ । म्याग्दीमा वार्षिक करिब २५ जनाले आत्महत्या गर्ने गरेका छन् ।  

प्रकाशित: ९ जेष्ठ २०७७ १६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App