१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सबैतिर शुल्क, भक्तपुरमा निःशुल्क

देशभर ‘खाद्यान्नका लागि रोजगार’ कार्यक्रमअन्तर्गत ज्याला दिई मजदुरीको काम भइरहेको बेला भक्तपुरमा भने निःशुल्क जनश्रमदान गरी प्रसिद्ध पाँंचतले मन्दिरको जीर्णोद्धार कार्य भएको छ । स्थानीय निकायअन्तर्गतका नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका नगरवासीलाई सहयोग गर्न कार्यक्रममार्फत दैनिक ज्याला दिई काम भइरहेको बेला भक्तपुर नगरवासीले भने जनश्रमदानमार्फत मन्दिरको पुनःनिर्माण गरिरहेका हुन् । मन्दिर पुनःनिर्माणका लागि पानीका भरमा उनीहरु जनश्रमदानमा जुटिरहेका छन् ।  

ङालापोल(पाँंचतले) मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले आफनो क्षेत्रको विकासमा आफैं जनश्रमदान गरी बनाउने पहिलेदेखिको परम्पराअनुसार दैनिक फरकफरक नगरवासी दाजुभाइ तथा दिदीबहिनीे जनश्रमदान जुट्दै आएको बताए । लकडाउनबीच पनि जनश्रमदानका लागि दैनिक दुई दर्जनको हाराहारीमा महिला तथा पुरुषहरु आउने गरेको उनले सुनाए । आफनो ठाउँंको विकास आफैंले गर्नुपर्छ भन्ने मान्यताका साथ जीर्णाेद्धार समितिले जनश्रमदानका लागि नगरवासीमा अनुरोध गरेको र त्यहीअनुसार काम भइरहेको उनको भनाइ  छ । दैनिक एक दर्जनको संख्यामा दक्ष जनशक्ति भने ज्यालामा काम गरिरहेको उनले सुनाए ।  

मन्दिर जीर्णाेद्धारका काम लकडाउनसँंगै चैत १० गतेबाट बन्द भएको थियो । तर पछिल्लो दिन लकडाउनबीच पनि मन्दिर जीर्णाेद्धारको काम पुनः सुरु गरिएको थियो । अहिले दैनिक दुई दर्जन महिला मन्दिर जीर्णाेद्धारमा खटिएका छन् । साथै आवश्यक पर्ने बेलामा आह्वान गर्दा पुरुषहरु पनि जनश्रमदानका लागि आउने गरेका छन् ।  

समितिले आवश्यक परेको बेला आवश्यकता अनुसार जनश्रमदानका लागि नगरवासीलाई अनुरोध गर्ने गर्दछ । कहिले कुन र कहिले कुन वडाका नगरवासीहरु समूहसमूहमा जनश्रमदानका लागि आउने गरेको जनाइएको छ ।  

जीर्णाेद्धार कार्यअन्तर्गत अहिले मन्दिरमा झिंगटीबाट छाना छाउने काम भइरहेको छ । यसका लागि माटो मुछ्न पुरुषहरु र माटो ओसार्न महिलाहरु जनश्रमदानमा जुट्ने गरेका छन् । अहिले मन्दिरको दोस्रो तलामा झिंगटी छाउने काम अन्तिम चरण्मा पुगेको छ । पाँंचतलासम्म झिंगटी छाउने काम भएसँंगै जीर्णाेद्धार सकिनेछ । सो काम यही आर्थिक वर्षभित्रै सम्पन्न गराउने योजना राखिएको छ ।

२०७२ सालको महाभूकम्पले माथिल्लो तलामा क्षति पुर्याएको मन्दिरको जीर्णाेद्धार काय २०७६ साल कार्तिक २१ गते केशव तमखूको अध्यक्षतामा ङालापोल मन्दिर जीर्णोद्धार उपभोक्ता समिति गठन गरी काम सुरु भएको थियो । मन्दिर जीर्णोद्धारको अनुमानित लागत ६५ लाख रहेको छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ १६:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App