१० माघ २०८२ शनिबार
image/svg+xml
समाज

संक्रमितको मृत्यु, अझै पत्ता लागेन स्रोत

नेपालमा अहिलेसम्म देखिएका कोरोना संक्रमितमध्ये अधिकतरको संक्रमणको स्रोत भेटिएको छ। भारतलगायत विदेशबाट आएकामा कोरोना संक्रमण बढी देखिएको छ। केही कन्ट्याक्ट ट्रेसिङका क्रममा फेला परेका छन्। तर बिहीबार मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका ६ का कोरोना संक्रमित शिक्षकलाई कहाँबाट कसरी कोरोना स¥यो, यकिन हुन सकेको छैन।

४१ वर्षीय ती शिक्षकको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारकाक्रममा बिहीबार मृत्यु भएको हो।जेठ १ गते सो अस्पतालमा भर्ना भएका उनकोउपचार आइसियू कक्षमा भेन्टिलेटरको सहायतामा हुँदैथियो। उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले बताए। नेपाल सरकारको कार्यविधिअनुसार मृतकको शव व्यवस्थापन गरिने डा  चौधरीले बताए।

मृतक शिक्षक मदानेकै कंगे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। परिवारका अनुसार लकडाउन सुरु भएपछि उनी घरबाट बाहिर निस्केका थिएनन् । प्रधानाध्यापकको जिम्मेबारी भएकाले स्कुलको नतिजा प्रकाशनलगायतका कामकालागि उनी कहिलेकाहीं स्कुल जान्थे। मृतक शिक्षकका साला विष्णुबहादुर ओलीका अनुसार पछिल्लो पटकवैशाख तेस्रो साता उनलाई सामान्य ज्वरो र रुघाखोकी लागेको थियो। मदाने क्लिनिकमा जँचाएर औषधि खाएका थिए। पोलिक्लिनिकमा उनको स्वास्थ्य जाँच गरेका विष्णु भुसाल गााँउपालिकाकै स्वास्थ्य चौकीका इन्चार्ज हुन्।  

जेठ २९ गते थप समस्या देखिएपछि उनी छिमेकीको बाइकमाअर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा आए। क्लिनिकले  बुटवल रेफर गरिदियो। बुटवल आउन उनले गाउँबाट  सालालाई बोलाए। ‘हामी एम्बुलेन्स चढेर राति नै बुटवल आयौं’, मृतकका साला विष्णुले भने।

जेठ ३१ गते राति अस्पताल पुगेपछि सुरुमा अस्पतालले भर्ना गर्न आनाकानी ग¥यो। गाउँबाट कतै नगएको र भारत वा तेश्रो मुलुकबाट आएकासँग पनि नजिक नपरेको भनेपछि राति ३ बजेतिर भर्ना गरियो। ‘अस्पताल आउँदा नै भिनाजुलाई गाह्रो भइरहेको थियो त्यसैले आइसियूमा राखियो। ‘बिहान डाक्टरले चेक गरेपछिआत्तिहाल्नुपर्दैन, बिष्कुट चिया खुवाउनु भने। त्यतिन्जेलसम्म भिनाजु बोल्नुहुन्थ्यो’,विष्णुले भने।  

अस्पताल आउदादेखि नै ज्वरो निमोनिया,एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम र मुटुको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। जेठ २ गते बिहानैदेखि श्वासप्रश्वासको समस्या बढेपछि भेन्टिलेटरमा राखियो। बिरामीको अवस्था बिग्रँदै गएपछि जेठ २ गते बिरामीका कुरुवाको आग्रहमा थ्रोट स्वाब परीक्षणकालागि पठाइएको हो।  ५ गते आइपुगेको रिपोर्टमा कोरोना पोजेटिभ देखियो।

त्यसपछि भने अस्पतालमा त्रास फैलियो।उपचारमा संलग्न डाक्टर, नर्स र कुरुवालाई पनि क्वारेन्टिनमा राखियो। कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीलाई कोरोना अस्पतालमा लैजान प्रदेश सरकारसँग आग्रह गरेको जनाएको छ। बुटवल भैरहवाका कोरोना अस्पतालमा बेड खाली नभएको भन्दै स्वास्थ्य निर्देशनालयले बिरामी नसार्नआग्रह गरेकाले त्यहीं राखेर उपचार गरेको अस्पताल प्रशासनलले जनाएको छ।

अस्पतालले बिरामीको अवस्था सुरुदेखि नै गम्भीर भएको र कोसिस गर्दागर्दै पनि बचाउन नसकेको भनेको छ। मृतकका साला विष्णुले भने कोरोना पोजेटिभ रिपोर्ट आएपछि उचित उपचार नपाएर ज्यान गएको आशंका गरेका छन्। ‘यहाँ रेखदेख राम्रो नहोला सरकारले बनाएका कोरोना अस्पतालमा लगीदिनुस् भनेर स्वाब झिक्न आएका स्वास्थ्य अधिकारी र डब्लुएचओका प्रतिनिधिलाइ भनेका हौंै। एक छिनमा एम्बुलेन्स लिएर आउछौं भनेर गएकाले न एम्बुलेन्स पठाइदिए न सोधखोज नै गरे’, विष्णुले भने।

रिपोर्टमा कोरोना पोजेटिभ देखिएपनि मृतकका आफन्त र स्थानीयले भने पत्याउने आधार नभएको दाबी गर्छन्। गुल्मीकै सरकारी अधिकारीहरु पनि उनमा कसरी र कहाँबाट कोरोना स¥यो भन्ने विषय चुनौतीका रुपमा देखिएको बताउँछन्। मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले मृतक शिक्षक लकडाउन सुरु हुनुभन्दा अघिदेखिनै जिल्लाबाहिर कतै नगएको बताए। ‘उहाँ एकपटक मलिका गाउँपालिका जानुभएको रहेछ। तर त्यहाँ पनि कोही शंकास्पद भेटिएको छैन।अहिलेसम्मको हाम्रो अध्ययनले त्यही भन्छ’, भण्डारीले भने। मदानेमै पनि विदेशबाट आएका सबैलाईअनिवार्य क्वारेन्टिनमा राखेर आरडिटी गरिएको र कोभिड १९ को शंकास्पद कोही नभेटिएको भण्डारीले बताए।

ती शिक्षकमा कोरोना पोजेटिभ देखिएपछि परिवारसहित गाउँका ३० जनाको स्वाब टेस्टकालागि भैरहवा ल्याइएको छ। गाउँपालिकालाई ५ गतेदेखि नै सिल गरिएको छ। शिक्षकले उपचार गराएको सन्धिखर्कको छाया पोलिक्लिनिकका १० जनाको पनि स्वाब टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आइसकेको छ। क्रिमसन अस्पतालकै चिकित्सक, नर्स र कुरुवासहित २९ जनाको थ्रोट स्वाब परीक्षणमा पठाइएको थियो। तीमध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी १० जनाको रिपोर्ट शुक्रबारसम्म आउने प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा. राजेन्द्र गिरीले बताए।

प्रकाशित: ९ जेष्ठ २०७७ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App