coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंबाट खोटाङ आएका संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिँदै

खोटाङ

 खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका कोरोना संक्रमित युवाको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । काठ्माण्डौं पेप्सीकोलाबाट गत बैसाख १२ गते बसमार्फत घर आएका राई थरका २० वर्षे युवालाई कोरोना संक्रमण भएको पूष्टी भए लगत्तै उनको सम्पर्कमा पुगेका व्यक्तिको पहिचानका लागि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको हो । नेपाल प्रहरी र स्वास्थ्यकर्मीले संक्रमित युवाको सम्पर्कमा पुगेका व्यक्तीको नाम, ठेगाना पत्ता लगाएर सुरक्षाका उपाय लपनाउन ‘कन्ट्याक्ट ट्रेसिङ र ट्रयाकिङ’का काम गरिरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

हाल उनको काठ्माण्डौंदेखि हलेसीसम्ममा सम्पर्कमा पुगेका व्यक्तीको ‘कन्ट्याक्ट ट्रेसिङ र ट्रयाकिङ’का काम भइरहेको छ । प्रहरीले उनको सम्पर्कमा पुगिसकेका करिब सय जनाको नाम, ठेगाना पत्ता लगाइसकेको प्रजिअ पौडेलले बताए । ‘संक्रमितसँग सम्पर्कमा पुगेका व्यक्ती पत्ता लगाउने, तत्काल क्वारेन्टाइनमा राख्ने र स्वाव संकलनमा गरेर परिक्षणमा पठाउनेगरी ट्रेसिङ भइरहेको छ,’ प्रजिअ पौडेलले भने, ‘डिएसपी साव (नारायण चिमोरिया)ले सयको हाराहारीमा त्यस्ता व्यक्तीको पहिचान गरिसक्नु भएको जानकारी दिनु भएको छ ।’  

काठ्माण्डौंबाट गाउँ आउनेक्रममा उनी चढेको बा ४ ख २२११ नम्बरको बसमा यात्रा गरेका यात्रु, गाउँमा ट्यांकी सरसफाई, आहाल निर्माण लगायतका सामाजिक काममा सँगै काम गरेका स्थानीय लगायतको पहिचानको काम भइरहेको छ । संक्रमित युवाको काठ्माण्डौंदेखि गाउँ आउँदासम्मको अवधिमा सम्पर्क भएका व्यक्तीको लिस्ट बनाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘काठ्माण्डौंमा कहाँ बस्थे, कुन अफिसमा काम गर्थे, लडडाउनपछि कति दिन कोठामा बसे ?,’ मेयर राईले भने, ‘घर आएपछि कति दिन होम क्वारेन्टाइनमा बसे ? होम क्वारेन्टाइनबाट निस्किएपछि क–कसको सम्पर्कमा पुगे भन्ने जानकारीको खोजी भइरहेको छ ।’  

शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी गाउँ आएका थिए । विगत तीन÷चार वर्षअघिदेखि काठ्माण्डौं बस्दै आएका युवा दशैं तिहारको समयमा मात्र गाउँ आउने गरेका थिए । संक्रमित युवासँग ३८ जनाले यात्रा गरेको नगरपालिकाले जनाएको छ । उनीसँगै एउटै सिटमा यात्रा गरेका व्यक्तीको पिसिआर रिपोर्ट भने नेगेटिभ देखिएको महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए । नगरपालिकाले सर्वदलीय निर्णय अनुशार १४ दिन होम क्वारेन्टाइनमा बस्ने शर्तमा सहीछाप गराएर लकडाउनको मारमा परेका १ हजार २६७ नागरिकलाई काठ्माण्डौंबाट नगरपालिका भित्र्याइएको थियो ।  

काठ्माण्डौंको एक फाइनान्समा काम गर्ने युवा होम क्वारेन्टाइनबाट निस्किएपछि गाउँकै आहाल निर्माण, खानेपानीको ट्यांकी सरसफाई लगायतका काममा खटिएका थिए । आहाल खन्नेक्रममा १२ जना र ट्यांकी सफा गर्दा १५ जनाभन्दा बढि छिमेकीसँग उनको सम्पर्क भएको वडाध्यक्ष राईले बताए । ‘उसले कतिजनासँग सम्पर्क गरे, उसको सम्पर्कमा पुग्ने व्यक्तीले पुःन कतिजनालाई सम्पर्क गरे भन्नै सकिन्न,’ वडाध्यक्ष राईले भने, ‘प्रत्यक्ष वा अप्रत्यक्ष कतिसम्म सम्पर्क भए, पत्ता लगाउन सहज छैन । गाउँलेलाई नआत्तिन भनेर सम्झाइरहेको छु ।’  

कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाबाट बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ३३ जनाको स्वावमध्ये सोमबार साँझ उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पोजिटिभ देखिए पनि उनको स्वास्थ्यमा कुनै लक्षण नदेखिएको बताइएको छ । उनीसँगको प्रत्यक्ष सम्पर्कमा पुगेका ४३ जनाको स्वाव भने पिसिआर टेष्टका लागि मंगलबार नै पठाइसकिएको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा अन्य व्यक्तीको स्वाव पनि संकलन गरेर पिसिआर टेष्टमा पठाइने प्रजिअ पौडेलले बताए ।  

प्रकाशित: ७ जेष्ठ २०७७ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App