४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

न्युनतम मापदण्ड पुरा नगरेका क्वारेन्टिनबाटै संक्रमण फैलने डर

रुपन्देहीको सम्मरीमाइ गाँउपालिकाको भैसागनमा रहेको क्वारेन्टिन । तस्विर : रेखा /नागरिक ।

बुटवल

प्रदेश नं. ५ मा ७ सय १० वटा क्वारेन्टिन छन् । तीनमा २३ हजार ५९५ बेड  क्षमता छ । हाल १४ हजार २ सय ८१ जना क्वारेन्टिनमा छन् । तुलनात्मक रुपमा यो प्रदेशमा क्वारेन्टिन सख्या र तीनमा बस्नेको सख्या बढी भएपनि तराइमा सिमावर्ती क्षेत्रका  क्वारेन्टिन र पहाडी जिल्लामा सदरमुकाम बाहीरहका क्वारेन्टिनहरुको अवस्था बिजोग छ । न्युनतम मापदण्ड बिनै क्वारेन्टिनका नाममा स्कुल खुला चौर र धर्मशालामा भारतबाट फर्केकालाई राखिएको छ । लकडाउन लम्बिदै जाँदा भारतबाट आउनेको सख्या बढीरहेको छ । समयमै क्वारेन्टिन व्यवस्थापन र क्षमता बिस्तारमा नलाग्दा अहिले पालिकाहरुलाइ तीनको व्यवस्थापनमा हम्मेहम्मे परेको छ । एउटै कोठामा सामाजिक दुरी कायम नगरी राखीदा,स्वास्थ्य कर्मीको उचित निगरानी नहुँदा र तीनको समयमै परिक्षण नहुँदा एक दुइ जना इन्फेक्टेडले अरुलाइ सार्न सक्ने सम्भावना बढदो छ । स्वास्थ्य जनशक्ति र पुर्वाधारको प्रयाप्त व्यवस्था सहित क्वारेन्टाइनको उचित व्यवस्थापन र परिक्षणमा ध्यान नदिइएक्वारेन्टिनबाटै संक्रमण फैलन सक्ने भन्दै चिकित्सक तथा पालिकाकै स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गर्न थालेका छन ।

रुपन्देहीको सम्मरीमाई  गाँउपालिका  ५ मा रहेको धर्मशालाको सभाहलमा ५३ जना छन । ८०÷४४ को हलमा ५३ वटा बेड राख्दा सामाजिक दुरी कायम नभएको स्थानीय निरञ्जन पाठकले बताए ।  जुन क्वारेन्टिनमा सौचालय समेत छैन । धर्मशाला र गाँउको बिचमा रहेको खेत र कुलोमा एका बिहानै क्वारेन्टिनमा बसेकाहरु सौचका लागि लाम लागेको देखिन्छ । जेठको धुपमा हलभित्र पंखा समेत छैन । झुल पनि दिइएको छैन । पंखा र झुल पनि नभएपछि क्वारेन्टिनमा बसेकाहरु राती बाहिर निस्केर चौरमा सुत्ने गरेको पाठकले बताए ।

सम्मरीमाइकै मुडिला मावि करौता र रोहीणीहवा तथा  पीपरी वरवासी आधार भुत बिद्यालयमा बनाइएका क्वारेन्टिनमा पनि सागुरा कोठामा धेरै जना राखीएको छ । झयालका जाली च्यातीएका छन । ढोका राम्रोसंग लाग्दैन । सौचालयमा पानी छैन । क्वारेन्टिन वरपर निकै झाडी छ । झुलपनि नहुँदा लामखुट्टे र सर्पको बिगबिगीले आफुहरु सुत्नै नसकेको क्वारेन्टिनमा बस्नेको गुनासो छ । ‘यस्तै गरी अझै केही दिन बस्ने हो भने कोरोनाले हैन हामीलाई अरुनै रोगले लैजान्छ कि भन्ने चिन्ता लाग्न थालेको छ’ पीपरीबरवासी क्वारेन्टिनका रहिम मुसलमानले भने । सो क्वारेन्टिनमा सोमबार किरा परेको भात खान दिएको भन्दै  सबैले भात फालेर बिरोध गरेका थिए ।

सम्बन्धित जिल्लाका स्वास्थ्य अधिकारीहरुका अनुसार तराइका जिल्लाको दक्षिणी भेगका क्वारेन्टिन र पहाडी जिल्लामा सदरमुकाम बाहीरहका क्वारेन्टिनहरुमा न्युनतम मापदण्ड पनि पुरा गरीएको छैन ।  । रुपन्देहीमै सीमित  क्वारेन्टिनहरुमा मात्रै न्युनतम मापदण्ड पुरा भइ संचालनमा रहेको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए ।

लक डाउन सुरु भएको पचासौ दिनसम्म ५०÷६०बेडको क्वारेन्टिन बनाएर बसेका रुपन्देही, कपिलबस्तु,बाँके,नवलपरासी र बर्दियाका दक्षिणी क्षेत्रका पालिकाहरुले भारतबाट आउनेहरु थपिदै गएपछि भएका स्कुलहरुलाइ क्वारेन्टिन बनाइएका हुन । तर तीनलाइ न्युनतम मापदण्ड अनुरुप बिस्तार गरीएको छैन । रुपन्देही र कपिबलस्तुका केही पालिकाहरुले क्वारेन्टिनमा  बस्नेहरुलाइ घरबाटै खानाको व्यवस्थापन गर्न भनेका छन । भारतमा कोरोना फैलीरहेका शहरबाट जोखीमयुक्त यात्रा गरेर आएकाहरुको परीक्षण नहुँदै तीनलाइ घरबाट खाना लैजानुपर्ने अवस्थाले परीवार र सिंगो समुदायलााइ नै असुरक्षित बनाइरहेको छ ।  

नवलपरासीका क्वारेन्टाइनहरु पनि पछिल्लो समय भारतबाट आउनेहरुले भरीएका छन । अझैपनि पारीबाट आउनेहरु थपिदैछन ।क्वारेन्टिनमा तोकीएको समय बसीसकेकाहरुकै परीक्षण गर्न नपाउदा क्वारेन्टिनमा स्थान अभाव हुनुका साथै संक्रमण थप फैलने चिन्ता बढेको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरब ढकालले बताए ।  

क्वारेन्टाइन बस्नेहरु मध्ये सबैभन्दा धेरै कपिलबस्तुमा ७ हजार ४५१ जना  छन । जिल्लाका १८५ वटा क्वारेन्टाइनमा ८ हजार ७ सय ८५ बेड क्षमता रहेको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ । रुपन्देहीमा ६२ वटा क्वारेन्टइन छन । तीनमा ३ हजार २ सय जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले बताए । भएका क्वारेन्टिन भरीएकाले भारतबाट आउनेहरुलाइ अव कहाँ व्यवस्थाापन गर्ने भन्ने चिन्ता रहेको शाहले बताए ।

कोरोनाको हट स्पट बनेको बाँकेमा ४२ क्वारेन्टिन छन् । तीनमा बेड क्षमता १ हजार ५० हो  । तर क्वारेन्टिनमा बस्नेको सख्या  १ हजार २६० छ । बेड क्षमता भन्दा क्वारेन्टिनमा बस्नेको सख्या बढी भएको र भारतबाट आउने क्रम पनि नरोकीएकाले क्वारेन्टाइन बिस्तारको काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए ।  

 

 

प्रकाशित: ६ जेष्ठ २०७७ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App