२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । आईतबार राति काठमाडौबाट रोल्पा आएका उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि मृगौला रोगी रहेका २२ वर्षिय उक्त युवक काठमाडौस्थीत टिचिङ अस्पतालबाट डायलसिस गरेर रोल्पा आएको परिवारले बताएको छ ।  

अस्पताल प्रमुख धनमायाँ घर्तीका अनुसार मृतकको स्वाब परीक्षणका लागि पठाउने तयारी भईरहेको छ । ‘हिजो राति काठमाडौबाट आउनुभएको रैछ । टिचिङ अस्पतालबाट आएको र खोकि समेत देखिएकाले आइसोलेसनमा राखेका थियौ ।’ डा. घर्तीका अनुसार शंका लागेकाले स्वाब परीक्षणको तयारी गरिएको हो । उनि उपचार गर्ने पैसा सकिएपछि गाउँमै मर्ने भन्दै जिल्ला आएका थिए । 

प्रकाशित: ५ जेष्ठ २०७७ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App