१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पतालआसपास सिल

धनकुटा / मालती मोक्तान

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टिपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ ।बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटा अस्पतालमा कार्यरत २३ वर्षीय स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । शनिबार चारजना स्वास्थ्यकर्मी र एकजना सुरक्षाकर्मीको स्वाबनमुना संकलन गरी परीक्षणका लागि धरानस्थितबिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइको थियो ।संक्रमण पुष्टि भएपछि आइतबार राति संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।  

सोही निर्णयबमोजिम धनकुटाको संक्रमित क्षेत्रलाई चारकिल्लाकायम गरेर मानिसहरूको आवातजावतनिषेध गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरिएको जिल्लाजनस्वास्थ्यकार्यालयकानिमित्तप्रमुखतुलसीप्रसाद गुरागार्इंले बताए । ‘चारकिल्लाकायम गरेर संक्रमित क्षेत्रलाई सिल गरिएको र सुरक्षाकर्मी परिचालन गरिएको छ,’उनले भने ।

धनकुटामा पहिलोपटक कोरोना भाइरस(कोभिड–१९) संक्रमित भेटिएको हो ।जिल्लाप्रशासनकाअुनसार धनकुटाको वडा नं ७ भेटेरीनरी अस्पताल तथापशुसेवा विज्ञ केन्द्रदेखि बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल, याक्चना घाट जाने त्रिवेणी चोकसम्मको चारकिल्लाकायम गरिएको छ ।  

स्वास्थ्यकर्मीलाई विराटनगर पठाइयो

जिल्लाअस्पताल धनुकटाकी कोरोना संक्रमितमहिला स्वास्थ्यकर्मीलाई विराटनगर पठाइएको जिल्लाजनस्वास्थ्यकार्यालयकानिमित्तप्रमुख गुरागाईंले बताए । उनलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिनेछ ।

संक्रमित स्वास्थ्यकर्मीको ट्राभल हिस्ट्री छैन । लकडाउन भएदेखि स्वास्थ्यकर्मीहरूबाहिर नगई नै नियमित अस्पतालमा उपचारमा खटिएकाले बिरामीबाट नै कोरोना भाइरस सरेको प्रारम्भिकनिष्कर्षमा पुगेको उनले बताए । ‘कोहीपनिबाहिर गएका छैनौं, हामी चौबिसै घण्टाजसो सेवामा छौं,’उनले भने,‘त्यसैले कोही बिरामीबाट नै कोरोना सरेको प्रारम्भिकनिष्कर्षमा पुगेका छौं ।’ धनकुटामा बाहिरबाट धेरै मानिसलाई ल्याइएका कारण पनि कोबाट संक्रमण भयो भन्ने पत्तालगाउननिकै गाह्रो हुने उनले बताए ।  

जिल्लाअस्पतालमाकार्यरत ५५ स्वास्थ्यकर्मीसहितपाँच सयको हाराहारीमाकोरोना परीक्षण गरिने भएको छ । अस्पताल क्षेत्र सिलभएदेखि अड्किएका र कन्ट्याक्ट ट्रेसिङ गर्दासहितको पाँच सयको परीक्षण गर्नुपर्नेउनले बताए ।  

प्रकाशित: ५ जेष्ठ २०७७ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App