७ वैशाख २०८१ शुक्रबार
समाज

कोरोना रोकथाममा जिल्ला संकट व्यवस्थापनको उच्च सर्तकता

डोल्पा – कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाका सबै स्थानीय तहमा रहेका नागरिकको पिसिआर परिक्षण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समतिको बैठकले पहिलो पटक जिल्लाका ८ ओटै स्थानीय तहमा रहेका नागरिकको पिसिआर परिक्षण गर्ने निर्णय गरेको हो । नेपालमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिल्लाका नागरिकको सुरक्षालाई उच्च प्राथमितामा राख्दै पुर्व सर्तकता अपनाउनको लागि दुई नगरपालिका र ६ गाउँपालिका गरेर ८ ओटा स्थानीय तहमा रहेका नागरिकको पिसिआर परिक्षणलाई युद्दस्तरमा लगिन थालिएको हो ।

८ ओटे स्थानीय तहका प्रमुख उपप्रमुख कार्यकारी र जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितीमा बसेको बैठकले मध्य र तल्लो डोल्पाका दुई नगरपालिका र ३ गाउँपालिका गरि पाँच स्थानीय तहमा रहेका शंकास्पद ब्यक्तिहरुको स्थानीय तहले तथ्याङ्कन संकलन गरि पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि सडक मार्गबाट प्रदेश अस्पताल सुर्खेत पठाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

यसैगरि सडक यातायातको पहुँच नपुगेका उपल्लो डोल्पाका डोल्पोबुद्द, छार्काताङसोङ र शे फोक्सुण्डो गाउँकपालिकाका नागरिकको स्वाब संकलन गरि सडक मार्गबाट पठाउन सम्भव नभएकाले स्वाब लैजानको लागि हेलिकप्टरको ब्यवस्थापन गरि दिन सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतलाई माग गरि पठाउने निर्णय भएको पनि प्रजिअ सुनारले बताए ।

डोल्पाका ८ ओटै स्थानीय तहमा रहेका शंकास्पद नागरिकको पिसिआर परिक्षणका साथै प्रत्येक वडाका नागरिकको आरडिटी परिक्षण अनिवार्य रुपमा गर्नु पर्ने र यसमा स्थानीय तहले आबश्यक बजेट ब्यवस्थापन गरि आरडिटी परिक्षणको लागि चाहिने किट खरिद गर्नु पर्ने निर्णय समेत गरिएको छ ।कोरोना भाइरसको उच्च जाखिममा रहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मि र संचारकर्मिलाई समेत पिपिई सेट सहितका आवश्यक  स्वास्थ्य सामाग्रीको ब्यवस्थापन वितरण गरिने जिल्ल संकट व्यवस्थापन  समितिले जनाएको छ ।  

 

प्रकाशित: १ जेष्ठ २०७७ ०७:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App