नारायणी अस्पतालको आइसुलेसन वार्डबाट दुई जना कोरोना संक्रमित फरार भएका छन। बुधधबार दिउँसो उनीहरु शौचालयकोझ्यालबाट फरार भएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबै जना वीरगन्जको वढा नम्बर १६ इनर्वा र घसुकपुरको रहेको बताइएको छ।
अस्पतालको प्रशासनले यसको जानकारी गराएपछि प्रहरीले खोज तलास गरी राखेको पर्सा कि प्रहरी उपरीक्षक गँगा पन्तले बताइन्। मंगलबार पर्साका ३९ जना र बाराका एक जना गरी ४० जनाको पीसीआर जाँच रिपोर्टकोरोना पोजेटिभ आएको पाइएपछि सबै ४० जनालाई अस्पतालको आइसुलेसन वार्डमा ल्याएर राखिएको थियो। मंगलबार ल्याइएकामध्ये नै दुई जना भागेका उनले बताइन्।
अस्पतालमा दुर्व्यवस्था भएपछि उनीहरु भागेको भनी टिप्पणी समाजिक संजालमा छ। अस्पताल प्रसाशनले भने दुर्व्यवस्थानभएको बताएको छ। नारायणी अस्पतालमा ६४ जना आइसुलेसनमा भर्ना रहेकामा त्यसमध्ये २ भागेका हुन्। उनीहरु भागेपछि संक्रमण फैलिने भनी चौतर्फी चिन्ता यक्त भएको छ।
प्रकाशित: ३१ वैशाख २०७७ ११:४२ बुधबार