२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनका बेला हत्या (अपडेट)

महोत्तरी – अज्ञात समूहले यहाँका एक सर्वसाधारणको हत्या गरेको छ। समूहले गौशाला नगरपालिका–४ बिर्ता टोलका ४६ वर्षीय दीलिप ठाकुरको हत्या गरेको हो। उनको शव गाउँदेखि पूर्व उत्तर पर्ने गुठी संस्थानको मकैबारीमा आइतबार फेला परेको हो।  ठाकुरलाई काठको मुङ्ग्रोले हानेर हत्या गरेको गौशालास्थित इलाका प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहारबाट उनको अनुहारको बायाँपट्टि गहिरो चोट लागेको छ। चोटसँग मिल्दोजुल्दो एक थान काठेमुङग्रो पनि शवमाथि राखिएको अवस्थामा प्रहरीले फेला पारेको छ। चोट लागेका ठाउँबाट अत्यधिक रक्तश्राव भएको छ।  

इलाका प्रहरी गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार हत्या नियोजित नभई अकस्मात उत्तेजनामा आएर भएजस्तो देखिन्छ। शव बरामद भएको घटनास्थलमा मकैका बोटहरू मडारिएका र भाँचिएको आधारमा ठाकुरलाई लछारपछार पारी मुङ्ग्रोले हानेर हत्या गरेको हुनसक्ने रेग्मीले जनाए।  

‘अहिलेसम्म प्राप्त सूचना र घटनास्थलबाट प्राप्त प्रमाणका आधारमा ठाकुरलाई कर्तव्य गरी मारेको देखिन्छ,’ रेग्मीले भने।  स्थानीयका अनुसार ठाकुर दिउँसै पनि मदिरा सेवन गर्थे। पिएको सुरमा घरतर्फ फिर्ने क्रममा साथै रहेका व्यक्तिसँग विवाद चर्किंदा हत्या भएको हुनसक्ने उनीहरूको अनुमान छ। ‘हामी अपराधी निकट पुगिसकेका छौं,’ रेग्मीले भने, ‘घटनालगत्तै अपराधी फरार छ, पहिचान भइसकेकाले छिट्टै पक्राउ गर्ने प्रयासमा छौं।’

 

प्रकाशित: ३० वैशाख २०७७ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App