५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राति पेस्तोल लिएर बेपत्ता प्रहरी बिहान चौकीनजिकै मृत (अपडेट)

पूर्वी सुर्खेतमा एक प्रहरी जवान मृतावस्थामा फेला परेका छन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी जवान नरेन्द्र खड्का मृतावस्थामा फेला परेका हुन्।  

सिम्ता गाउँपालिकाको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत उनी सोमबार राति पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएका थिए।  

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्तकुमार पन्तले आज बिहान ९ बजेतिर चौकीदेखि १ किलोमिटर दूरीमा फेला परेको जानकारी दिए।  

जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका आग्रीगाउँतर्फ प्रहरी टोली परिचालन गरेको छ। जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले मृत भेटिनाको कारण अनुसन्धानपछि मात्र खुल्ने बताए।  

प्रहरी जवान खड्का सुर्खेतकै रानीवासबा बासिन्दा थिए।

प्रकाशित: ३० वैशाख २०७७ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App